रेसुङ्गामा श्रीमद्भागवत महापुराण महायज्ञ सुरु



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा आजदेखि एक हप्ते श्रीमदभागवत महापुराण सप्ताहा ज्ञान महायज्ञ शुरु भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा शुरु भएको महायज्ञ साउन ३२ गतेसम्म श्रीमदभागवत महापुराण सप्ताहा ज्ञान महायज्ञको कथा प्रवचन हुने भएको छ ।

महायज्ञको रेसुङ्गा धाममा काचो अन्न खाएर तपस्या गरिरहनु भएका तदर्थनाथ गुरुजीले उद्घाटन गरेका हुन् । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमालाई थप टेवा पुग्ने गरी ज्ञान महायज्ञको आयोजना गरिएको हो । रेसुङ्गा क्षेत्रमा एक हप्तासम्म चल्ने महायज्ञमा भारतका योगी सम्भुनाथ जी महाराजलगायतका योगीहरुले पुराण वाचन गर्ने समितिले जनाएको छ ।

Jeewan and Rajan Tailors

महायज्ञबाट संकलित रकम रेसुङ्गामा वेदविद्या आश्रम खोल्नका लागि वचत गरिने भएको आयोजकले जनाएको छ । अघिल्लो वर्ष गरिएको सन्तभक्त सम्मेलनबाट २५ लाख रकम वचत भएको थियो । रेसुङ्गा र भारतको अयोध्याबीच रहेको पौराणिक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै भारतीय धार्मिक व्यक्तित्व तथा पर्यटकलाई रेसुङ्गामा ल्याउने उदेश्यले महायज्ञको आयोजना गरिएको रेसुङ्गा संरक्ष्याण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । समितिले गत वर्ष भारतका चार सय सादुसन्त ल्याइ सन्त सम्मेलन गरेको थियो ।

The Star Family Restaurant

अहिले रेसुङ्गामा एक महिने साउने मेला चलेको छ । प्रत्येक वर्ष रेसुंगामा साउनभर एक महिने मेला लाग्ने गर्दछ । रेसुङ्गामा पोखरीमा गई स्नान गर्नाले अन्जानमा गरेका पापहरु नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ । पोखरीदेखी यज्ञशालासम्म एक हजार आठ सिढी चढेर महायज्ञ स्थल पुग्न सकिन्छ ।

पैदल मार्गमा आकर्षक सिँडी निर्माण गरिएको छ । जसले गर्दा पैदल यात्रा गर्न रमाइलो सहज छ । जिल्ला सदरमुकाम तम्घास बजारबाट ५ किलोमिटर गाडीको यात्रापछि रेसुङ्गा पोखरी पुगिन्छ त्यसपछि २० मिनेट पैदलयात्रा पछि मात्रै महायज्ञ स्थल पुग्न सकिन्छ ।

महायज्ञ स्थलसम्म पुग्नका लागि यसवर्ष देखि सशुल्क रुपमा २ वटा घोडाको पनि व्यवस्था गरिएको छ । रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिन्छ ।

रेसुङ्गा शिखर उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ । हिउँदमा उच्च भागतिर यदाकदा हिउँ पर्छ । गर्मी याममा यहाँको वातावरण मनोरम र अनुकुल हुन्छ ।  यो क्षेत्र शान्त, एकान्त, शीतल र मनोरम छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया