रेसुङ्गमा हुने महायज्ञको पूर्वसन्ध्यामा तम्घास बजारमा शोभा यात्रा



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा भोलिदेखि एक हप्ते श्रीमदभागवत महापुराण सप्ताहा ज्ञान महायज्ञ सञ्चालन हुन लागेको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा हुन लागेको महायज्ञको पूर्वसन्ध्यामा शुक्रबार तम्घास बजारमा विशाल शोभा यात्रा गरिएको छ ।

जिल्ला स्थित विभिन्न संघ संस्थाहरुको सहभागितामा विभिन्न संस्कृति सहित तम्घास बजारका विभिन्न स्थानमा शोभा यात्रा गरिएको हो । महायज्ञलाई सफल बनाउ र सबैलाई अवलोकन लागि निमन्त्राणा स्वरुप शोभा यात्रा गरिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । साउन २६ गतेदेखी ३२ गतेसम्म श्रीमदभागवत महापुराण सप्ताहा ज्ञान महायज्ञको कथा प्रवचन हुने भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमालाई थप टेवा पुग्ने गरी ज्ञान महायज्ञको आयोजना गरिएकोे हो ।

Jeewan and Rajan Tailors

रेसुङ्गा क्षेत्रमा एक हप्तासम्म चल्ने महायज्ञमा भारतका योगी सम्भुनाथ जी महाराजलगायतका योगीहरुले पुराण वाचन गर्ने समितिले जनाएको छ ।  रेसुङ्गाको सम्बन्ध त्रेता युगदेखि अयोध्यासँग रहेको छ । रेसुङ्गा र भारतको अयोध्याबीच रहेको पौराणिक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै भारतीय धार्मिक व्यक्तित्व तथा पर्यटकलाई रेसुङ्गामा ल्याउने उदेश्यले महायज्ञको आयोजना गरिएको भुसालले बताए । भारतबाट रेसुङ्गा क्षेत्रमा धेरै धार्मिक पर्यटक भित्र्याउने महायज्ञको उदेश्यले महायज्ञ आयोजना गरिएको रेसुङ्गा संरक्षण समितिको सह–सचिव यज्ञप्रसाद पन्थीले बताए ।

The Star Family Restaurant

रेसुङ्गा धामको ब्यापक प्रचारप्रसार गर्ने धार्मिक आस्था अनुसार यस क्षेत्रको महत्वलाई भारतको अयोध्या, राजस्थान, बनारस हुँदै संसारभर छरिएर रहेका हिन्दु धर्मावलम्बीहरुसम्म पुर्याउने उदेश्य राखिएको पन्थीको भनाई छ । समितिले गत वर्ष भारतका चार सय सादुसन्त ल्याइ सन्त सम्मेलन गरेको थियो । रेसुङ्गामा एक महिने साउने मेला चलेको छ । प्रत्येक वर्ष रेसुंगामा साउनभर एक महिने मेला लाग्ने गर्दछ । रेसुङ्गामा पोखरीमा गई स्नान गर्नाले अन्जानमा गरेका पापहरु नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ ।

पोखरीदेखी यज्ञशालासम्म एक हजार आठ सिढी चढेर पुग्न सकिन्छ । पैदल मार्गमा आकर्षक सिँडी निर्माण गरिएको छ । जसले गर्दा पैदल यात्रा गर्न रमाइलो सहज छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिन्छ ।  रेसुङ्गा शिखर उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ । हिउँदमा उच्च भागतिर यदाकदा हिउँ पर्छ ।  गर्मी याममा यहाँको वातावरण मनोरम र अनुकुल हुन्छ ।  यो क्षेत्र शान्त, एकान्त, शीतल र मनोरम छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया