गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु 



अनिल खत्री


गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर- २ यादुङ बस्ने ३५ वर्षका हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो ।                                                                          बिहिवार बेलुकी घर नजिकै आफ्नैै बारिको छेउमा रहेको सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा निजलाई अरिङ्गालले शरीरको बिभिन्न भागमा टोकेेर घाईते भएका थिए । उहाँलाई थप उपचारको लागि पाल्पा मिसन अस्पताल लगिएको थियोे ।                                                                             उहाँको आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो  ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया