गुल्मीका दुईवटा पालिकामा तयार भएका १५ शय्याका अस्पताल प्रयोगविहीन



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लामा दुईवटा पालिकामा निर्माण कार्य सम्पन्न गरेर तयार भएका अस्पताल भवन अलपत्र परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा तयार भएका १५ शैयाका अस्पताल भवन अलपत्र परेका छन् ।

भवन निर्माण गरेको रकम निर्माण व्यवासयीले नपाउदा प्रयोगमा आउन सकेको छैन् । गुल्मीदरबार गाउँपालिकाको वडानम्बर–३ को धुरेलडाँडामा १५ शैयाको अस्पताल भवन १ वर्ष अघि नै निर्माण सम्पन्न भएको हो ।
त्यस्तै चन्द्रकोट गाउँपालिकाको वडानम्बर–४ शान्तिपुरमा असार ७ गते  निर्माण कार्य सम्पन्न भएको हो । भवन निर्माण कार्य सम्पन्न भएपनि निर्माण व्यवसायीले रकम भूक्तानी नपाएपछि हस्तातरण हुन सकिरहेको छैन् ।
जसले गर्दा भवन अलपत्र जस्तै बनेका छन् । साढे पाँच तलको भवन निर्माणको काम रङ्गा रोगन गरेर चिटिक्क पारिएको छ ।
गुल्मीदरबार गाउँपालिकामा सम्पन्न भएको १५ शैयाको अस्पताल भवन ०७८ साल असार २५ गते सम्झौता भई ०८० असारमा तोकिकै मितिमा निर्माण व्यवसायीले सम्पन्न गरेको गुल्मीदरबार गाउँपालिकाका योजना अधिकृत टंक पन्थीले बताए । १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँको लागतमा अर्जुन बिल्र्डस प्रालि तम्घासले भवन निर्माण गरेको हो ।

Jeewan and Rajan Tailors

निर्माण व्यावसायीले २ करोड ७ लाख रकम अझै पाएका छैनन् । जसले गर्दा अस्पताल भवन अहिले ताल्चा मारेर राखिएको छ ।
निर्माण सम्पन्न भएको भवनको एक वर्षसम्म सञ्चालनमा नआउदा केहि ठाउँमा भत्कीन र घाँसले घेर्न थालेको छ । त्यस्तै चन्द्रकोट गाउँपालिकामा भवन ०७८ साल असार २५ गते सम्झौता भइ ०८१ असारमा तोकिकै मितिमा निर्माण व्यवसायीले सम्पन्न गरेको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताए ।
१२ करोड ७२ लाखको लागतमा तुलसीदत्त अर्जुन बिल्र्डस प्रालि तम्घासले भवन निर्माण गरेको हो । भवनको हालसम्म १० करोड ९१ लख रकम भूक्तानी भएको छ ।
निर्माण व्यवसायीलाई १ करोड ८१ लाख रकम भूक्तानी गर्न बाँकी रहेको सूचना अधिकारी ज्ञवालीले बताए । भवनको रकम निकासा गर्नका लागि पालिकाबाट जानकारी गराउने काम भइरहेको ज्ञवालीको भनाइ छ ।

The Star Family Restaurant

लामो समयसम्म अस्पताल भवन सञ्चालनमा नआउनु दुखद पक्ष रहेको गुल्मीदरबारका स्थानीय थम्मनबहादुर झार्की मगरले बताए । उनले घर छेउमा अस्पताल बन्ला सुबिधा लिन पाइएला भनेर जग्गा उपलब्ध गराए पनि सञ्चालनमा आउन नसक्दा दुख लागेको बताए ।
पछिल्लो समय संघिए मामिला मन्त्रालयबाट हाललाई पालिका चलाउने भनेर पठाएको पत्र पठाएकाले डाक्टर लगायत स्वास्थ्यकर्मीहरु राख्न पालिकासँग आन्तरिक श्रोत नहुँदा राख्न समस्या रहेको गुल्मीदरबार गाउँपालिकाले जनाएको छ । भवनको रकम निकासा गर्नका लागि पालिकाबाट पटकपटक जानकारी गराउने काम भइरहे पनि त्यसको सुनुवाई नहुँदा भवन अलपत्र जस्तै बनेको पालिकाले जनाएको छ ।

भवनमा लिफ्ट सिस्टकसँगै अत्यधुनिक खालको रहेको छ । नेपाल सरकारले २०७७ साल मंसिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यस गरेको थियो ।
तर जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । गाउँपालिकामा हाल स्वास्थ्य चौकी बाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् ।

त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ । गाउँपालिकामा निर्माण भएका अत्यधुनिक अस्पताल भवनहरुमा तोकिए अनुसारका सेवा सुबिधा सहितका डक्टरहरु उपलब्ध नभए ठूला भवनले कुनै अर्थ राख्ने छैन् ।
अहिले पनि दुर्गम गाउँवस्तीमा बिशेषज्ञ डक्टरहरु जान र बस्न नमान्ने समस्या रहेको छ । जिल्लाका अन्य पालिकामा १५ शैयाका र जिल्ला सदरमुकाम तम्घासमा पनि ५५ शैयाको अत्यधुनिक भवन निर्माणको काम भइरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया