गुल्मी । गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर- २ का ३१ वर्षका बोमबहादुर कार्की निस्ति खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताउनुभयो । कार्की शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ति खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएका थिए । मुसिकोट नगरपालिका वडा नम्बर १ अरेवा घर भई हाल वडा नम्बर २ निस्ति मामाघरमा बस्दै आएकाा थिए । उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । शनिबार बेपत्ता बेलुकी बेपत्ता भएपनि आइतबार बिहान प्रहरीलाई जानकारी प्राप्त भएको थियो । उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया
-
पत्रकार खत्री अनलाइखबर र नेपाल टेलिभिजनका गुल्मी संवाददाता हुन् ।लेखक द्वारा अन्य