रेसुङ्गामा साउने मेला सुरु



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला शुरु भएको छ । रेसुङ्गा क्षेत्रको प्रचार–प्रसार गर्न साउन भर मेला लाग्ने गर्दछ ।

गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर व्यवस्थापन समितिले साउनभर एक महिना सम्म मेला सुरु भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगैे दैनिक पुजा संञ्चालन आयोजना हुने रेसुङ्गा संरक्षण समितीले जनाएको छ ।

Jeewan and Rajan Tailors

रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देही, लगायतका नेपालका विभिन्न ठाउबाट श्रदालु भक्तजनहरु धार्मिक स्थलमा आउने गर्दछन् । पोखरीमा नुहाउँन तथा पुजा आज गर्न साउन भर भिडभाड लाग्ने गर्दछ ।

The Star Family Restaurant

आज पहिलो दिन झनै बिशेष श्रद्धालु भक्तजनको बिहानै देखि घुइचो लाग्ने गरेको छ । रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरुबाट पनि श्रदालु भक्तजन आउने गर्दछन ।

साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र साउने औशी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ ।

सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया