गुल्मीमा मुसा मार्ने विष खाँदा चार वर्षीया बालिकाको मृत्यु, एक गम्भीर बिरामी



सन्तोष महतारा


गुल्मी । गुल्मीमा मुसा मार्ने विस खाँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ । भने पाँच वर्षीया बालिका गम्भीर बिरामी भएकी छिन् । जिल्लाकाे इस्मा गाउँपालिका वडा नम्बर १ ठाँटीकाचाैरकी सपना सुनारकी चार वर्षीया छाेरी प्रिन्सा सुनारको मृत्यु भएको र बसन्धुरा सुनारकी पाँच वर्षीया छाेरी दिब्सिका सुनार गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                                            उनका अनुसार, आमा सपना र बसन्धुराले काेदाे राेप्न बारीमा जाँदा छाेरीहरुसँगै लिएर गएका थिए । फाेहाेरसँगै बारीमा फालिएको मुसा मार्न प्रयोग हुने राटाेल नामको मलम प्रकृतिको विस माटोमा भेटिएपछि प्रिन्सा र दिब्सिकाले खाएका थिए । विस खाएको थाहा पाएपछि परिवारले उपचारका लागि गुल्मी अस्पताल लगेका थिए । जसमध्ये प्रिन्साकाे मृत्यु भएको हो । दिब्सिकाकाे उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पठाइएको छ । उनी गम्भीर बिरामी छिन् ।                                                                              विस सेवन गरेका बालिकाको गाउँमा प्राथमिक उपचारपछि ढिलो गरी तम्घास पठाइएको बुझिएको छ । बुधबार घटना हुनसाथ उपचारका लागि गाउँकै अस्पतालमा लगिएकोमा  उनले राति मात्र उपचारका लागि तम्घास पठाएको भन्ने बुझिएको हो ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया