मदानेको नीति कार्यक्रम : ‘अगाडी फुलबारी, पछाडी करेसाबारी र बिचमा मौरीघारी’



टाेपलाल अर्याल


गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले नीति कार्यक्रममा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छ । गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवंरले १५ औ गाउँ सभामा पेश गरेको नीति तथा कार्यक्रममा आर्थिक समृद्धि र रोजगारीको प्रमुख आधार कृषिको व्यवसायिकरण र कृषि पशुको आधुनिकीकरणका लागि कृषकको उत्पादन र उत्पादकत्व बृद्धि मार्फत गरिबी घटाउने उल्लेख छ ।

जसका लागि एक वडा दुई मुख्य उत्पादनमा जोड दिइएको छ । मदाने गाउँपालिकाका वडा नं १ मा कोदो र आलु, वडा नं २ मा दुध र आलु, वडा नं ३ मा कफि र काख्रा, वडा नं ४ मा किवि र मौरी, वडा नं ५ मा वाख्रा र आलु, वडा नं ६ मा सुन्तला र मकै विउ उत्पादन तथा वडा नं ७ मा सुन्तला र कोदोको पकेट विकास गरी एक वडा २ उत्पादनलाई वढवा दिईने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै ‘अगाडी फुलबारी पछाडी करेसाबारी बिचमा मौरीघारी’ कार्यक्रम मार्फत करेसावारी बनाउन र मौरीपालन गर्नमा प्रोत्साहन गरिने गाउँपालिका अध्यक्ष कुवंरले बताए ।

Jeewan and Rajan Tailors

रैथाने बालीहरुको विउ संरक्षण, खेती विस्तार र बजारीकरणको लागि विशेष प्रबन्ध मिलाइने, कोदो खेती प्रवर्द्धन गर्दै कृषकहरुको उत्पादनलाई आयआर्जनसँग जोड्न, बाँझो जग्गाहरु र खाली क्षेत्रहरुलाई सदुपयोग गरी जडिबुटीहरुको उत्पादन गरी आयआर्जन वृद्धि गर्न टिमुर खेति प्रवर्द्धन गर्ने तथा स्थानीय रैथाने गाई तथा हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्ने गरेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए ।

The Star Family Restaurant

समग्र शिक्षा क्षेत्रमा समस्या समाधान गर्नका लागि शैक्षिक गुणस्तर सुधार समिति निर्माण गरी सो बाट प्राप्त राय सुझावहरुलाई क्रमश कार्यान्वयन गरी शिक्षाको गुणस्तर बृद्धिमा जोड दिने, गाउँ शिक्षा योजना समेत निर्माण गरी त्यसैअनुरुप कार्यक्रमहरु सञ्चालन गर्ने र आवासीय सुविधा सहित सडक बालवालिका, टुहुरा, असहाय, चरम गरिबीबाट पिल्सीएका बालबालिकाको लागि शिक्षा प्राप्त गर्ने ग्यारेन्टि गरिने पन्थीले बताए ।

विद्यार्थीसंग विज्ञ कार्यक्रम सञ्चालन गरेर जसवाट विज्ञ शिक्षकहरुबाट नमूना कक्षा शिक्षण गर्ने नीति लिइएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन् ।
प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरी मदाने गाउँपालिकाभित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गर्न प्रोत्साहन गर्ने, छोरी बुहारी कार्यक्रमलाई निरन्तरता र एक विद्यालय एक ल्यापटप कार्यक्रम सञ्चालन गर्ने खड्काले जानकारी दिइन् ।

साथैखेलकुदको विकास गर्न विभिन्न खेलहरुका लागि खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गर्ने र आगामी आर्थिक वर्षमा कम्तिमा एक वडा एक कभर्ड हल निर्माण गरिने खड्काले बताइन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया