रेसुङ्गा नगरपालिका क्षेत्रको पुन नापी हुने : सार्वजनिक जग्गाको खोजी होला ?



Live Gulmi


  • टाेपलाल अर्याल 

रेसुंगा नगरपालिको सार्वजनिक जग्गा पहिचानको बिषय नीति तथा कार्यक्रममा प्रवेश गरेको छ । नगर सभामा मेयर खिलध्वज पन्थीले पेश गरेको आगामी बर्षको नीति तथा कार्यक्रममा नापी विभागको समन्वयमा रेसुङ्गा नगरपालिका क्षेत्रको पुनस्नापी गर्ने र सोको आधारमा नगरपालिका क्षेत्रका सार्वजनिक जग्गाको पहिचान, नक्शा अद्यावधिक, लगतकट्टा तथा संरक्षण नापी कार्यालयको समन्वयमा गर्ने उल्लेख छ ।

तम्घास बजारमा थुपैै संरचना सार्वजनिक जग्गामा निर्माण भएको व्यापक गुनासो आइरहेको छ । सार्वजनिक जग्गा हड्प्ने प्रबृति यद्यपी कायम छ । नगरको नीतिमा प्रवेश गरेको सार्वजनिक जग्गाको बिषय कार्यान्वयनकै लागि ल्याएको भए नगर क्षेत्रको पुन नापी हुँदा पक्कै काठमाण्डौका महानगरका मेयर बालेक शाहाकै स्टाइल नगरमा आवश्यक छ ।

Jeewan and Rajan Tailors

यो नीति तथा कार्यक्रम कार्यान्वय हुने संकेत हो भने कार्यान्वयनमा पन्थीको क्षमता छ । तर, कांग्रेस गुल्मीका सभापति भएकाले पन्थीले भोलीको भोट हेरेभने निर्णय कार्यान्वयन हुँदैन भन्ने विश्लेषण सुरु भएका छन् ।

पहुँच र प्रतिष्ठाको आडमा सार्वजनिक जग्गा कब्जा गरेकाहरुलाई नियन्त्रण गर्न नगरको निरकुशताको प्रतिक्षामा आम नागरिक छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया