गुल्मीमा सामुहिक योग अभ्यास गरेर दिवस मनाइयो



अनिल खत्री


गुल्मी । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सामुहिक योग अभ्यास गरिएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मी आयोजना र पतंजली योग समिति गुल्मीको सह–आयोजनमा दशौं योग दिवसको अवसरमा तम्घास स्थित बालमन्दिरको प्राङगढ्मा सामुहिक योग अभ्यास गरेर दिवस मनाइएको हो ।

‘आफु र समाजका लागि योग’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा विभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख विद्यार्थी आम नागरिकको सहभागितामा प्रभातफेरिसँगै सामुहिक योग अभ्यास गरिएको थियो । पछिल्लो समय ७० प्रतिशत वढि नसर्ने रोगका कारण मानिसहरु मृत्यु हुने गरेकाले घरघरमा योग अभ्यास पुर्याउने उदेश्यले सामुहिक योग अभ्यास गरिएको हो ।
दिवसको अवसरमा जिल्ला स्थित रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा लगायत विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, नागरिकहरुको सहभागितामा सामुहिक योग अभ्यास गरिएको थियो ।

Jeewan and Rajan Tailors

योग अभ्यासमा योगका विभिन्न चरण बारे पतंजली योग समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी र अभ्यास गराएका थिए । योग मानव जिवनका लागि अपरिहार्य जस्तै बन्दै गएको योग अभ्यास गर्न पुगेकी रेसुङ्गा नगरपालिका वडानम्बर–१ की लक्ष्मी पाण्डेले बताइन । उनले योगले सकरात्मक उर्जा प्राप्त गर्ने भएकाले समाजमा सकरात्मक सोचको विकास गर्न मद्दत गर्ने उनको भनाइ छ । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा पतञ्जली योग समितिले दैनिक योग अभ्यास गराउदै आएको पतञ्जली योग समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।

The Star Family Restaurant

तर योग अभ्यास गर्नका निम्ति भवन अभाव रहेको भुसालको भनाई छ । मानिस स्वास्थ्य रहन दैनिक योग अभ्यास आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
योग आफ्नै लागि र समाजमा रहेका आम नागरिकलाई आवश्यक रहने उनले बताए । योग र साधनमा बस्यो भने सारारिक र मानसिक रुपमा स्वस्थ्य रहन मद्दत गर्ने शर्माले बताए ।
स्वस्थ्य रहन र सकरात्मक सोचको विकास गर्न योग अभ्यासले मद्दत गर्ने भएकाले यसको महत्व धेरै रहेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली बिभिन्न उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । योग अभ्यास कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पछिल्लो समय मानिसको खानपान दैनिक व्यवहार परिर्वतन गर्न योग अभ्यास आवश्यक रहेको बताए ।

योगले सकरात्मक सोचबाट प्रेरित गर्दै सरिललाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका रहने भएकाले सबै नागरिकहरुलाई योग अभ्यास आवश्यक रहने उनले बताए । तम्घासमा सामुहिक योग अभ्यास गर्न भवनको आवश्यक रहेकाले नगरपालिकाले त्यसको व्यवस्थापनका लागि आवश्यक पहल गर्ने नगरप्रमुख पन्थीले बताए ।
कतिपय रोगहरु योग अभ्यासका कारणले समाधान हुने भएकाले पनि यसप्रति आकर्षण बढ्दो छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने मान्यता रहि आएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया