गुल्मेली सहयोगी हातहरुद्वारा अग्नि पीडितलाई सहयोग प्रदान  



अनिल खत्री


गुल्मी । गुल्मीका अग्नि पीडितलाई गुल्मेली सहयोगी हातहरुले सहयोग प्रदान गरेका छन् । गत वैशाख महिनामा जिल्लाका विभिन्न स्थानमा आगोलागीका कारणले घरबार बिहिन भएका परिवारको सहयोगार्थ गुल्मेली सहयोगी हातहरुले ५० हजार प्रदान गरेको हो ।

शनिवार गुल्मेली सहयोगी हातहरुका उपाध्यक्ष बिमल घिमिरेले जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई प्रदान गरेका हुन् । जिल्ला भरका अग्नि पीडितहरुको सहयोगार्थ सानो सहयोग गरेको घिमिरेले बताए । रकमका हिसाबले रकम सानो भएपनि सबैको सहयोगले उनिहरुको लागि राहत हुने भएकाले सहयोग गरेको घिमिरेको भनाइ छ । गुल्मी जिल्लाबाट काठमाडौंमा बस्ने गुल्मेलीहरुले जिल्लाका कुनैपनि दैविक प्रपोक लगायतका कार्यहरुमा सहयोग गर्दै आएका छन् ।

Jeewan and Rajan Tailors

राहत रकम बुझदै प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला जिल्ला विपद् व्यवस्थापन समितिमा संकलिन अग्नि पीडितहरुलाई सहय मिलाएर प्रदान गरिने बताए । गत वैशाख महिनामा गुल्मी जिल्लाका विभिन्न स्थानमा ७१ घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । करिब १०० वटा गोठ जलेका थिए । त्यतिनै संख्यामा पशुचौपाया जलेर नष्ट भएका थिए ।

आगोलागीबाट करौडौंको क्षति भएको थियो । आगोलागिबाट २ हजार बढि हेक्टर क्षेत्रफल वन आगोलागी कारणले जलेर नष्ट भएको छ । अहिले आगोलागि पीडितहरुको लागि आवास निर्माणको शुरु भएको छ । वर्षात नजिकिन थालेकाले तिब्र गतिमा आवास निर्माणको काम स्थानीय तहको समन्वयमा भइरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया