छल्दी खोलामा राखिएकोे कालोपत्रे प्लान्टबाट प्रदुषण बढेपछि रोक लगाइयो



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दीमा सडक कालोपत्रे गर्न राखिएको प्लान्टबाट निस्केको धुवाँले स्थानीयलाई प्रदुषण गरेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले र इस्मा गाउँपालिकाको अग्रसरमा बन्द गरिएको छ । कालोपत्रे गर्ने सामाग्री पकाउन छल्दी खोलामा राखिएको प्लान्टबाट निस्केको धुवाँले गाउँमा प्रदुषण हुँदै आएको थियो ।

नागरिकले मौखीक रुपमा प्रशासनमा उजुरी परेपछि प्लान्ट बन्द गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । प्लान्ट दर्ता लगायतका मुख्य ब्यक्ति खोजी भइरहेको उनको भनाइ छ । दर्ता नविकरण लगायतका कानुनी प्रक्रिया बारे अनुसन्धान गरिने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । पार्टनरमा प्लान्टर सञ्चालन गरेको बुझिएको छ ।

Jeewan and Rajan Tailors

प्लान्टबाट निस्केको धुवाँले नजिकै रहेका पालुखा माध्यमिक विद्यालय र नमूना आधारभूत विद्यालयमा पढने विद्यार्थीहरुलाई समेत समस्या हुने गरेको थियो । स्थानीयले पटक–पटक वडा कार्यालय र गाउँपालिकामा प्लान्टबाट निस्केको धुवाँले समस्या हुँदै आएको मौखीक उजूरी गरेका थिए । तर प्लान्ट बन्द भएको थिए ।
इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले पनि कालोपत्रे गर्ने सामाग्री पकाउने प्लान्ट बन्द गर्न प्रशासन र प्लान्ट सञ्चालनकलाई आग्रह गरेका थिए । पटक–पटकको आग्रहलाई अटेरी गरेपनि पालिका अध्यक्ष खड्काले आफनै गाडी सडकमा तेर्साएर प्लान्टबाट सामाग्री लैजाने पिप्पर र ट्याक्टरलाई रोकेका थिए ।

त्यस लगत्तै प्रहरीले पनि सामाग्री लैजाने पिप्पर र ट्याक्टरलाई नियन्त्रणमा लिएर धनार्जी प्रहरी चौकीमा राखेको छ । स्थानीयले प्लान्ट बस्ती नजिकै नराखिदिन आग्रह गरेपछि पटक–पटकको आग्रहलाई अटेरगरेपछि बन्दा गराइएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । उनले स्थानीय सरकार र नागरिकको सहमती बिना सञ्चालन गरिएको कार्यलाई स्थानीय सरकारले रोक्नुपर्ने खड्काको भनाइ छ । छल्दी खोलामा राखिएको प्लान्टबाट निस्केको धुवाँले स्थानीय र विद्यार्थीहरुको आखा पोल्ने समस्या हुने गरेको स्थानीय रामलाल घिमिरेले बताए ।

धुवाँले स्थगानीय बृद्ध र साना बालवालिकाहरुलाई समस्या हुने गरेको छ । प्लान्ट बन्द गराउन पालुखा माध्यमिक विद्यालयका शिक्षकहरु समेत पालिका अध्यक्ष खड्कासँग आएका थिए ।
प्लान्टले प्रदुषण गरेको भन्दै पालिका अध्यक्ष खड्का सहित वडानम्बर–१ का वडाअध्यक्ष शेरबहादुर कुँवर, वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्य सहित स्थानीय नागरिकको सहभागिता रहेको थियो । गतवर्ष देखि राखिएको प्लान्ट स्थानीय सरकारसँग कुनैपनि सहमती गरेर राखेको नपाइएको गाउँपालिकाले जनाएको छ । स्थानीय केहि ब्यक्तिले निजी जग्गामा भाडा लिने हिसाबले प्लान्ट राख्न दिइएका थिए । गतवर्ष पनि बैशाख, जेठ, असार महिनामा प्लान्ट सञ्चालन गर्दा धुवाँले स्थानीय नागरिकलाई समस्या गराउने गरेको थियो ।

छल्दी खोलामा रहेको प्लान्टमा कालोपत्रे गर्ने सामाग्री पकाउने कार्य गरेर तम्घासका विभिन्न स्थानहरुमा कालोपत्रे गर्ने कार्य हुँदै आएको छ । अहिले कालोपत्रे गर्ने प्लान्ट राखिएको स्थानमा केहिवर्ष पहिले क्रेसर मेसिन समेत राखिएको थियो ।
करिब ४ वर्षसम्म क्रेसर मेसिन राख्दा स्थानीय नागरिक लाई त्यसको आवाजले समस्या गराएको थियो । पछि प्रशासनमै उजूरी परेपछि अनेत्र सारिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया