चन्द्रकोट दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न, वडा नम्बर ८ लाई उपाधि



Live Gulmi


गुल्मी । चन्द्रकोट गाउँपालिकामा दोश्रो अध्यक्ष कप गाउँपालिभित्रका अन्तर वडा स्तरीय खुला पुरुष भलिवल प्रतियोगीता सम्पन्न भएको छ । जेठ २७ र २८ गते गाउँपालिकोको केन्द्र शान्तिपुरमा सम्पन्न भएको दोश्रो अध्यक्ष कप भलिवलको उपाधि चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्गले जितेको छ ।

यस्तै वडा नम्बर २ बिशुखर्कको समूह उपबिजेता हुदाँ वडा नम्बर ४ शान्तिपुरले तृतीय स्थानमा चित्त बुझाएको छ । दोश्रो अध्यक्ष कप भलिवल प्रतियोगीतामा चन्द्रकोट गाउँपालिका अन्तर्गतका ८ वडाबाट कुल ८ समूहको सहभागीता रहेको थियो ।
गाउँपालिकाले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यले दाश्रो अध्यक्ष कपको आयोजना गरेको जनाएको छ । आगामी दिनमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पु–याउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए ।

Jeewan and Rajan Tailors

प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने समूहलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित क्रमशः नगद रु ६० हजार, ४० हजार र २५ हजार सहित पुरस्कृत गरिएको थियो । त्यस्तै विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्पाइकर दिपक सुनार, उत्कृष्ट ब्लकर राहुल सुनार, उत्कृष्ट सेटर सुदिप सुनार, उत्कृष्ट सर्भर ममित राना, उत्कृष्ट लिबेरो खिम बहादुर रोका र सर्बोत्कृष्ट खेलाडी बिसाल सुनरालाई जनही नगद रु १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

The Star Family Restaurant

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित क्रमशः नगद रु ६० हजार, ४० हजार र २५ हजार सहित पुरस्कृत गरिएको थियो । त्यस्तै विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्पाइकर दिपक सुनार, उत्कृष्ट ब्लकर राहुल सुनार, उत्कृष्ट सेटर सुदिप सुनार , उत्कृष्ट सर्भर ममित राना, उत्कृष्ट लिबेरो खिम बहादुर रोका र सर्बोत्कृष्ट खेलाडी बिसाल सुनरालाई जनही नगद रु १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सोही प्रतियोगिताको अवसरमा भएको जनप्रतिनिधि तथा कर्मचारीबीचको मैत्रीपूर्ण खेलमा विजेता कर्मचारीको समुहलाई समेत शिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको छ । साथै सोही अवसरमा चन्द्रकोट गाउँपालिका वडा नं. १ दिव्रुङ्ग निवासी आइटिफ तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक एवम तेक्वान्दो खेलाडी नबराज खरेललाई नगद पुरस्कार रु. २० हजार सहित यो सम्मान गरिएको थियो ।

जेठ २८ गते सोमबार समापन समारोह कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज केसीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, वडाध्यक्षहरु शिक्षा अधिकृत लगायतका कर्मचारीहरु, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न क्लव तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया