एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशन आजदेखि



अनिल खत्री


गुल्मी । नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशन आजदेखि शुरु हुने भएको छ । आज र भोलि अर्थात जेठ २९ र ३० गते दुई दिनसम्म हुन लागेको जिल्ला अधिवेशनको तयारी पुरा भएको नेकपा एमाले गुल्मीका सचिव एबं प्रचार प्रसार बिभाग प्रमुख गणेश श्रीपालीले बताए ।

जिल्ला सदरमुकाम तम्घासमा हुन लागेको अधिवेशनको लागि नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट, गुल्मी जिल्ला इन्चिार्ज सूर्य थापा केन्द्रिय सदस्यहरु, प्रदेशका नेताहरुको सहभागिता रहने छ । त्यस्तै अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधी सहभागि हुने सचिव श्रीपालीले बताए ।

Jeewan and Rajan Tailors

अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । नेकपा एमाले गुल्मीमा १० हजार बढी संगठीत सदस्य रहेको पार्टीले जनाएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया