गुल्मीमा ‘तम्घास रेसुङ्गा स्केट पार्क’ संचालनमा



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा स्केट पार्क सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१ मा निर्माण भएको ‘तम्घास रेसुङ्गा स्केट पार्क’ को नगरका वडानम्बर–१ का वडाअध्यक्ष रामप्रसाद पन्थीले शुभारम्भ गरेका हुन् ।

तीन जना युवाहरु मिलेर बि.एन.सी. ग्रुपले सञ्चालनमा ल्याएको ‘तम्घास रेसुङ्गा स्केट पार्क’ ७ औैं शाखा हो । यस अघि ग्रुपले नेपालका विभिन्न ठाउँमा सञ्चालनमा आएको छ ।
पार्कको शुभारम्भ गर्दै वडाअध्यक्ष पन्थीले स्केट पार्कले खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए । पछिल्लो समयमा बालबालिकाहरु मोबाइलको लतमा फस्दै गएकाले यस खेलले आकर्षण गर्ने अध्यक्ष पन्थीले बताए । साना बालबालिका देखि जुनसुकै उमेर समुहका स्केट खेल खेल्न सक्नेछन् । ५० लाखको लागनीमा निर्माण भएको स्केट पार्कमा एकै पटकमा ८० जनासम्म खेल्न मिल्ने बि.एन.सी. ग्रुपका सञ्चालन चन्द्रकान्त भट्टराईले बताए ।

Jeewan and Rajan Tailors

खेलले स्वास्थ्य र अनुशासीत रहन मद्दत गर्ने भएकाले खेल खेल्नु आबश्यक रहेको सञ्चालन भट्टराईको भनाइ छ । यो खेल गुड्ने चक्का सहितको जुत्ता लगाएर दैड्ने हिडने खेललाई स्केट खेल भनिन्छ । बिदेसी मुलुकमा लोकप्रिय बनेको खेल नेपालमा पनि लोकप्रिय बन्न थालेको छ । स्केट पार्क खेलले मनोरञ्जनका साथै शारारिक तथा मानसिक रुपमा स्वास्थ्य रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया