गुल्मीको रिडी-तम्घास सडक असार १६ गतेसम्म बन्द हुने



अनिल खत्री


गुल्मी । आजदेखि रिडी–तम्घास सडक पुनः एक महिनासम्म बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरउन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै सडक बन्द हुने जनाएको हो । गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ ।
सडकको केहि ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य गर्न भन्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर राजा सम्म समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । सडक निर्माणको काम तिब्र रुपमा अगाडी बढेको छ ।
सडकमा कटिङ्ग र स्तरउन्नतीको काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर काम भइरहेको छ । राजमार्गमा ७० प्रतिशत सडकको कटिङ्गको काम सकिएकोे समानन्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताए ।

Jeewan and Rajan Tailors

सडकमा सवारी साधनले काम गर्न अबरोध गर्नेभएपछि समय तोकेर बन्द गरेरै काम हुँदै आएको छ । सवारी साधनको बृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक बिस्तार हुँदैछ ।
पहिलो चरण २५ किलोमिटर सडक स्तरउन्नतीसँगै कालोपत्रे हुन लागेको हो । २०७९ साल फागुन २८ गते सम्झौत भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।
१ अरब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता भएको छ । सडक बन्द भएसँगै बैकल्पीक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

The Star Family Restaurant

सडकको वैशाखको अन्तिमसम्म ३५ प्रतिशत भौतिक प्रगती र ३० प्रतिशत वित्तिय प्रगति भएको मदन भण्डारी सडक आयोजनाले जनाएको छ । मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडीबाट सडकको स्तर उन्नती गर्ने कार्य हुँदै आएको छ ।
सडकको ७.७५ चौडाई कालोपत्रे गरिने भएको छ । अहिले भएको सडक निकै सानो र कालोपत्रे पनि भत्कीदै गएको थियो ।
यो सडक गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सड्क हो । यस सडकम सवारी साधनको चाप अत्याधिक हुने गर्दछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया