भाेपालमा रहेका नेपालीद्वारा गुल्मीको इस्माका आगलागी पीडितलाई आर्थिक सहयोग



Live Gulmi


सन्तोष गहतराज, पाल्पा । भारतको भाेपालमा रहेका नेपालीहरूले गुल्मीका आगलागी पिडितलाई आर्थिक सहयोग गरेका छन । नेपाली काङ्ग्रेस भातृ संगठन नेपाली जनसम्पर्क समिति भाेपाल र पशुपति नाथ मन्दिर व्यवस्थापन समिति भाेपालका पदाधिकारीहरूले अग्नि पिडितलाई रूपैयाँ १ लाख ४ हजार ३ सय ७५ रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन ।

नेपालमा जन्मिएका तर भारतकाे भाेपाललाई आफ्नाे कर्म भुमि बनाएर बसिरहेका नेपालीहरूले अग्नि पिडितलाई थप राहत हाेस भन्ने मुख्य उधेश्यले सहयोग प्रदान गरेका नेपाली काङ्ग्रेस पाल्पा सभापति हिमाल दत्त श्रेष्ठले बताए । सहयोग रकम हस्तान्तरण गर्न गुल्मी पुगेका सभापति श्रेष्ठले गुल्मीका नेपाली काङ्ग्रेसका सभापति एवम रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीलाई चेक हस्तान्तरण गरेका हुन । चेक हस्तान्तरण गर्दै सभापति श्रेष्ठले भाेपालमा रहेका नेपाली काङ्ग्रेसकाे भातृ सँगठन जनसम्पर्क समितिमा आवद्व रहेका पदाधिकारी  र भाेपालकै पशुपति नाथ मन्दिर व्यवस्थापन समितिले मलाई रकम हस्तान्तरण गर्ने जिम्मेवारी दिएकाे र गुल्मी सम्म आई चेक हस्तान्तरण गरेको बताए । सहयोग रकमले अग्नि पिडितहरूलाई थप राहत हुने  बताए ।

Jeewan and Rajan Tailors

चेक ग्रहण गर्दै नेपाली काङ्ग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ र भाेपालका सम्पुर्ण सहयोगी नेपालीलाई धन्यवाद दिए । आगलागीले देशकाे धेरै स्थानमा ठुलाे जनधनकाे क्षति गरेको उनलेे बताए । त्यसैमा गुल्मी जिल्ला पनि अछुतो रहन नसकेको  बताए । भारतमा रहेका नेपालीहरूले इस्मा गाउँपालिकाका अग्नि पिडितलाई मध्ये नजर गरि रकम पठाउनु भएको धन्यवाद ज्ञापन गरे ।  नेपाली काङ्ग्रेस गुल्मीले इस्मा गाउँपालिकाका आगलागी पिडितलाई उक्त रकम सिग्र प्रदान गर्ने बताए । आगलागीले ईस्मा गाउँपालिकामा मानवीय क्षति नभएता पनि भाैतिक क्षती भएको र नेपाली काङ्ग्रेस गुल्मीकाे तर्फबाट पनि आगलागी पिडितलाई रकम हस्तान्तरण गर्ने घाेषणा गरिएको बताए । नेपाली काङ्ग्रेस गुल्मीले आगलागी पिडितहरूकाे क्षतिलाई मध्ये नजर गरि  भाेपालबाट आएकाे रकम र नेपाली काङ्ग्रेस गुल्मीले घाेषणा गरेको रकम अग्नि पिडितकाे घरमै पुगेर वितरण गर्ने बताए ।

The Star Family Restaurant

भारतकाे मध्ये भारत क्षेत्र भाेपालमा नेपालका धेरै जिल्लाका नागरिकहरूकाे बसाेबास रहेको छ । झिलिकाेकाे सहरकाे उपनामले चिनिने उक्त स्थानमा नेपाली काङ्ग्रेसकाे छाता सँगठन नेपाली जनसम्पर्क समितिमा प्रजातान्त्रिक विचार धारा बाेकेका नेपालीहरू आवद्व  रहेको छन् । जस्काे संयाेजक पाल्पा बगनासकाली गाउँपालिकाका डाेल राज गैरे रहेका छन् । भने उक्त स्थानमा नेपालकै जस्तो प्रसिद्व पशुपति नाथ मन्दिर छ । जहाँ प्रत्येक बर्ष शिवरात्रीमा ठुलाे र्याली सहित पुजाआरधना हुने गर्छ । सहयोग रकम नेपाली जनसम्पर्क समिति मध्ये भारत क्षेत्र भाेपालका संयाेजक डाेल राज गैरे र श्री पशुपति नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद शर्माकाे नेतृत्वमा पठाइएको हाे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया