गुल्मीको छत्रकोटमा स्मार्ट आमाहरु सम्मानित



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका गुल्मीले स्मार्ट आमाहरूलाई सम्मान गरेको छ । पालिकाले निर्धारण गरेका विभिन्न सुचकको आधारमा छनोट भएका ६ वटा वडाका १८ जना आमाहरुलाई सम्मान गरेको हो ।

गाउँपालिकाले निर्धारण गरेका स्वास्थ्यका सूचकहरू पूरा गर्ने प्रत्येक वडाका ३/३ जना आमा छनोट गरेर सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले बताउनुभयो  । पालिकाले निर्धारण गरेका २० वटा सूचकहरूमा १०० अंक राखेको थियो । जसमा प्रत्येक सूचकलाई ५ अंक निर्धारण गरिएको थियो । त्यसका आधारमा पालिका भित्रका करिब २ सय आमाहरु मध्येबाट १८ जना स्मार्ट आमाहरुलाई सम्मा गरिएको पोखरेलले बताउनुभयो ।

Jeewan and Rajan Tailors

पालिकाले एक समारोहको आयोजना गरेर गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य लगायतको उपस्थितिमा सम्मान गरिएको थियो । सुनौला हजार दिनका आमा र बच्चा दुवैलाई स्वास्थ्य पहुँच दिलाउने हेतुले जिल्लामै पहिलो पटक स्मार्ट आमा सम्मान कार्यक्रमको आयोजना गरिएको पोखरेलले बताउनुभयो ।
छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नौला कार्यक्रम संचालन गर्दै आएको छ । गर्भवस्थामा आमाले लिनु पर्ने सबै खालका स्वास्थ्य सेवा नलिएमा पोषणको कमिले आमालाई मात्र नभई जन्मने बच्चालाई समेत प्रभाव पार्दछ ।

The Star Family Restaurant

न्यून पोषण र गर्भावस्थामा पुर्याउनुपर्ने स्वास्थ्य चेकजाचँमा उदासिनताका कारणले गर्भवस्था र सुत्केरी अवस्थामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुनौला हजार दिनका आमाहरुलाई लक्षित गरी स्मार्ट आमा सम्मान कार्यक्रमको शुभारम्भ गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । स्मार्ट आमा कार्यक्रमबाट नेपाल सरकारले निशुल्क रुपमा प्रदान गरेका स्वास्थ्य सेवाहरुबारे जानकारी गराउने र सुनौलो १००० दिनको महत्वबारे जानकारी गराउने उदेश्य रहेको छ ।

त्यस्तै गर्भावस्थामा लिनुपर्ने स्वास्थ्य सेवाहरुको नियमित रुपमा उपभोग गरी सुरक्षित प्रसुतीको लागि उत्प्रेरित गर्ने । घरमा प्रसुती हुँदाको जटिलताबारे जानकारी गराउने र मातृ तथा बालमृत्युदर घटाउने अर्को उदेश्य रहेको छ ।
बालबालिकालाई नियमित तौल अनुगमन, खोप, बालभिटा, भिटामिन ए र जुकाको औषधी खुवाउने लगाएतका स्वास्थ्य सेवा लिनको लागि परामर्श गरि बालबालिकालाई सुपोषित बनाउने उदेश्य स्मार्ट आमा कार्यक्रमको रहेको छ ।
गाउँपालिकाले एकै दिन स्मार्ट आमाहरूलाई सम्मान, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाइ सम्मानजनक विदाई तथा निवृत्तिभरण, पूर्ण पोषणमेत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम, पूर्ण संस्थागत प्रस्तुति सुनिश्चितता तथा दिगोपना घोषणा र किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणिकरण कार्यक्रम गरेको हो ।

स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले स्मार्ट आमा कार्यक्रमलाई जिल्लामै पहिलो र नयाँ भएको बताउनुभयो । उहाँले छत्रकोट गाउँपालिकाले प्रत्येक बर्ष नयाँ कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो ।
स्मार्ट आमा कार्यक्रम आफैमा राम्रो भएकाले यसले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच पुर्याउन थप टेवा पुग्ने अधिकृत आर्चायले बताउनुभयो ।  उहाँले पछिल्लो समय गाउँपालिकाका वर्थिङ सेन्टरहरू व्यवस्थित भएकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउन आग्रह गर्नुभयो ।
गर्भ देखि बच्चा नहुर्किदनसँम्म बच्चालाई कसरी स्याहार गर्ने भन्ने विषयमा स्मार्ट आमा कार्यक्रमले थप टेवा पुगेको स्थानीय कमला पौडेलले बताउनुभयो ।  गाउँपालिकाले निर्धारण गरेका सूचक पार गरेर स्मार्ट आमाको रुपमा सम्मानित भएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले यो कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकालाई समक्ष आग्रह गर्नुभयो । सबै आमाहरूलाई स्माट बन्ने गरि लाग्न छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्री ज्ञवालीले आग्रह गर्नुभयो ।
यो कार्यक्रम पहिलो चरणमै राम्रो देखिएकाले यसको सुनिश्चिततालाई कायम गरि दिगोपना राखिने बताउनुभयो । यो कार्यक्रम सरकारले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरु सुनौला हजार दिनका आमाहरु मध्ये जसले धेरै लिन्छ त्यसलाई पालिकाले स्मार्ट आमा भनेर सम्मान गर्ने गरेको छ ।
यसबाट गर्भवति तथा प्रसुतीको समयमा हुने जोखिम घटाउने र मातृ मृत्यु बालमृत्युदरमा कमी ल्याउने उदेश्य रहेको छ । गाउँपालिकालाई समृद्धि बनाउन स्वास्थ्य क्षेत्र एक महत्वपूर्ण रहेकाले यसै बर्षदेखि आमाहरूलाई स्मार्ट बनाउने कार्यक्रमको शुभारम्भ गरेर पालिका अगाडी बढिरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।
उहाँले गुणस्तरीय सेवा प्रवाहका लागि गाउँपालिकाले भौतिक पूर्वाधारलाई पनि व्यवस्थित बनाउँदै लगिएको दाबी गर्नुभयो । गुल्मीका १२ स्थानीय तहमध्ये स्मार्ट आमा सम्मान कार्यक्रम संचालन गर्नेमा छत्रकोट गाउँपालिका पहिलो बनेको छ ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गर्नेमा छत्रकोट देशभर तस्रो र जिल्लामै पहिलो समेत बनेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया