राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गुल्मीको अध्यक्षमा बोम अर्याल निर्वाचित



अनिल खत्री


गुल्मी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्य समिति गुल्मीको अध्यक्षमा बोम अर्याल निर्वाचित भएका छन् । स्वास्थ्य कर्मीहरुको तेस्रो अधिवेसनवाट वोम अर्यालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएका छन् । जसको उपाध्यक्षमा इन्द्रदेव पौडेल, बसन्ता ज्ञवाली, सचिव केपी भण्डारी, कोषाध्यक्ष अनन्तराम अधिकारी र सह–सचिव पुस्कार गौतम चयन भएका हुन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघस्वास्थ्य कर्मीहरुलाई हकहितको बारेमा आवाज बुलन्द गर्ने उदेश्यले गठित संस्था रहेको छ ।

स्वास्थ्य कर्मीहरुका विभिन्न पिर मार्काहरुको बारेमा संगठनले सधै ओकालत गर्ने नवनिर्वाचित अध्यक्ष आर्यालले बताए । अधिवेशनको अवसरमा विभिन्न संघ संस्थाका प्रमुखहरुले शुभकामना मनतव्य राखेका थिए ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया