गुल्मीको उनाएचौरमा १३२ केभिएको विद्युत सव स्टेशन निर्माणअन्तिम चरणमा



अनिल खत्री


गुल्मी । गुल्मीमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्न उनाएचौरमा सब स्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ उनायचौरमा १३२ केभीए लाइनको सवस्टेशन निर्माणकार्य अन्तिम चरणमा पुगेको हो ।
सब स्टेशनसम्म आवश्यक पर्ने सम्पूर्ण निर्माणका काम सकेर अहिले ट्रान्र्फमर चार्ज गर्ने कार्य भइरहेको उनाएचौर सव स्टेशनका स्टोर प्रमुख नारायण थापाले बताउनुभयो । जेठ महिनाभर चार्ज गर्ने काम लगायत सकेर विद्युत वितरण गर्ने तयारी भइरहेको थापाले बताउनुभयो ।
अहिले यहाँका भिविन्न यन्त्र उपकरणहरुको चार्ज गर्ने काम भइरहेको छ उहाँले भन्नुभयो, ‘जेठको अन्तिमसम्म विद्युत वितरण गर्ने तयारी छ ।’ यहाँबाट विद्युत विस्तर गरेसँगै अहिलेका धेरै समस्याहरु समाधान गर्ने स्टोर प्रमुख थापाले बताउनुभयो । यन्त्र उपकारण लगायतका चेक जाँच गर्न भारतबाट प्राविधिक टोलीले काम गरिरहेको छ । छिन–छिनमा विद्युत आउने जाने समस्या झेल्दै आइरहेका गुल्मी वासीको समस्या समाधान गर्न १३२ केभिए लाइनको बिस्तार गर्न सव स्टेशन को निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
हाल जिल्लामा बुटवलबाट ३३ केभिए मार्फत आइरहेको विद्युत विभिन्न कारणले छिनछिनमा आउने जाने समस्या हुने गरेको छ । पहाडी क्षेत्रमा वितरण गरिएको विद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले १३२ केभीए बिस्तार गरिएको छ ।
केन्द्रीय प्रसारण लाइनको विद्युत गुल्मीमा जोडिएपनि लामो दुरीमा बुटवलमा रहेको सब स्टेशनले गर्दा विभिन्न समस्याहरु देखा पर्दै गएकाले छुट्टै सव स्टेशन निर्माण थालिएको हो । नेपाल विद्युत प्राधिकरणको ४५ करोड लागतमा विद्युत सब स्टेशन निर्माण सुरु भएको हो ।
सब स्टेशनको सिग्माकन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले निर्माणको जिम्मा लिएको थियो । केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सब स्टेशन निर्माण भएको हो । कपिलवस्तुको मोतिपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म पुग्नेछ । अहिले १३२ केभिए मार्फत अर्घाखाँचीमा विद्युत वितरण भइरहेको छ । गुल्मीको उनाएचौरसँगै पौदी अमराईमा पनि सब स्टेशन निर्माणको काम तिब्र गतिमा भइरहेको छ । उनाएचौरबाट पौदीअमराईसम्म विद्युतका टावर निर्माण कार्य सकेर लाइन बिस्तारको काम भइरहेको थापाले बताए ।
नेपाल विद्युत प्राधिकरणले अर्घाखाँची गुल्मी र बाग्लुङ जिल्लामा विद्युतलाई परपर्दे तरिकारले विस्तार गर्न विभिन्न ठाउँमा सव स्टेशन निर्माणको काम गरेको हो । सब–स्टेशनले विद्युतिय ओभर लोडलाई कम गर्न मद्दत गर्ने काम गर्नेछ ।
अर्को गुल्मीमा बुटवलमा रहेको सव स्टेशनबाट लामो दुरीमा विद्युत आउदा विभिन्न समस्या हुने कामको अत्य उनाएचौरको सव स्टेशनले गर्नेछ ।    जिल्लामा सव स्टेशन बन्नु सुखद पक्ष रहेको स्थानीय व्यवसायी जनक पन्थले बताउनुभयो । उहाँले अहिले लामो दुरिमा विद्युत वितरण हुँदा हुने समस्याको पनि अन्त्य हुने बताउनुभयो ।  छिन छिनमा बत्तीजाने समस्याबाट आजित भएको गुल्मेलीहरुमा विद्युत सव स्टेशनको काम पुरा भएसंगै समस्याको हल हुने स्थानीयको आशा गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया