गुल्मी मोडल हस्पिटलद्वारा आगलागी पीडितको नि:शुल्क उपचार 



अनिल खत्री


गुल्मी । गुल्मी मोडल हस्पिटल प्रालि तम्घासले आगोलागी पीडितको नि:शुल्क उपचार गरेको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर- ४ निवासी ४० वर्षकी शान्ति दर्जीको अस्पतालले नि: शुल्क उपचार गरिदिएको हो ।  गत वैशाख १० गते आगोलागीका कारणले घर जलेर नष्ट भएको थियो । दर्जीको स्वास्थ्यमा समस्या देेखिएकाकारण उपचारको लागि गुल्मी मोडल हस्पिटलमा लगिएको थियो ।

उपचारमा उहाँसँग उपचार गराउने आर्थिक रकमको समस्या भएपछि  नि: शुल्क उपचार गरिदिएको मेडिकल  सुपरिटेन्डेन्ट डाक्टर विपिन भण्डारीले बताउनुभयो । दर्जीको ल्याब, भिडियो एक्सरे, औषधीमा लागेको सम्पूर्ण रकम नि: शुल्क गरिएको हो । अस्पतालले नि: शुल्क रूपमा उपचार गरिदिएकोमा दर्जीले धन्यवाद दिनुभयो ।

Jeewan and Rajan Tailors

 

The Star Family Restaurant

दैवीप्रकोपमा परेर  उपचार गराउन नसक्नेलाई सामाजिक उत्तरदायित्व स्वरुप नि: शुल्क उपचार गरिएको डा. भण्डारीको भनाइ छ । अस्पतालले सामाजिक उत्तरदायित्व स्वरूप विभित्र समयमा उपचार र नि: शुल्क स्वास्थ शिविर गर्ने गरेको छ ।  गुल्मीमा गएको वैशाख महिनामा आगोलागीका कारणले १६९ घर गोठ जलेर नष्ट भएका थिए । १०० बढी पशुचौपाय जलेरका थिए । जिल्ला भर २ हजार बढी हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको थियो । अहिले पानी पर्ने क्रम बढदै गएकाले आगोलागीका घटना बिस्तारै रोकिन थालेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया