गुल्मीमा बाढीले जेसिबी र पुल निर्माणका सामाग्रीमा क्षति



अनिल खत्री


गुल्मी । गुल्मीमा बिहिवार राति बर्षाका कारण बर्बोट भनभने,पुर्कोट सडक खण्डमा काम गर्ने निर्माण व्यवसायीका सामाग्री बगाएको छ । बाढीले सडक बिस्तारका क्रममा प्रयोग भएका एसि ककन्ट्रकसन प्रा.लि.का दुइओटा टिप्पर,दुइ ओटा इस्काभेटर,जेसिबी लगायत का साधन भनभने जुरेढुङा नजिकैको पनाहा खोलामा आएको बाढीले क्षती पुराएको छ ।
त्यस्तै गुल्मीमा गएराती अबिरल वर्षासँगै पानी बाढिले पुल निर्माणको सामानहरुमा क्षती पुराएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–१ र वडानम्बर–४ जोड्ने पनाहा खोला ठुल्दी भन्ने ठाँउमा निर्माणाधिन पुलका सामानहरु बाढिले बगाएर क्षतीपुराएको छ । बाढिले पलाई १७६ पिस, १२ एमएम, पलाई ९३ पिस, ढुङ्गा फोड्ने ब्रेकर मेसिन १ वटा, छड ७३ बन्डल, १६ एमएम छड ९२ बन्डल,  १२ एमएम छड ८४ बन्डल, १० एमएम जेनेरेटर १२ एचपी को १ वटामा क्षती पुराएको छ । त्यस्तै तोचन टार ८ टन, छड बङ्गाउने मेसिन १ वटा, डिजल ड्राम ७ वटा, ढलानमा हाल्ने केमिकल ५ द्राम, बल्ली ७५० पिस क्षती पुगेको निर्माण व्यवसायीले जनाएका छन् ।

फलामको पाईप ३६० पिस, सिमेन्ट १३० बोरा, केलम ८५० पिस, युजक ६८३ पिस, होम पाईप १५ पिसमा क्षती पुगेको निर्माण व्यवसायीले दाबी गरेका छन् । बाढीले सामाग्री बगाएको  प्रहरी चौकी धुर्कोटमा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक बच्छराज यादबको कमाण्डमा २ जनाको टोली खटिएको थियो ।
प्रहरीले सामाग्रीमा क्षती पुगे नपुगेको बारेमा बितृत अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । उक्त स्थानमा अन्जना श्रेष्ठ जे.भी. कन्ट्रक्सन तम्घासले निर्माण गर्दै आएको थियो ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया