गुल्मी । जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४ घर भएकी हाल गुल्मीकाे रेसुङ्गा बहुमुखी क्याम्पस स्नातक तह चौथो वर्षमा अध्ययनरत सरु पन्थी पाेखरेलले जन्मदिनको अवसरमा माइती गाउँ जिल्लाकाे इस्मा गाउँपालिका वडा नम्बर १ काे सुनभद्रा प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।
उनले ४७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी थिइन् । जन्मदिनमा हुने फजुल खर्च कटाएर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी सरु पन्थी पाेखरेलले आगामी पुस्ताले आफू शिक्षित र सक्षम भए मात्र देशको सुनौलो भविष्य कोर्न सक्ने भएकोले भविष्यका देशका कर्णधार साना भाइबहिनीहरूको उज्वल भविष्यकाे कामना गर्दै जन्मदिनको अवसरमा पढाइमा केही सहयोग पुगोस भन्ने हेतुले शैक्षिक सामग्री वितरण गरेको बताइन् ।
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकोमा सुनभद्रा प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाले जन्मदिनको शुभकामना ब्यक्त गर्दै धन्यवाद ब्यक्त गरेका थिए ।