गुल्मी । गुल्मीको दुई नगर र १० गाउँपालिका गरेर १२ स्थानीय सरकार छन् । पछिल्लो १० महिनामा मात्रै जिल्लाका एक सय ७७ बिपद्का घटना मध्ये एक सय १२ आगलागीका छन् । इस्मा, मदाने र मुसिकोटमा जंगलको आगो गाउँ पसेपछि ठूलो भौतिक क्षति भएको छ । करिव १२ सय हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । तर, जिल्लामा रेसुंगा नगरपालिकाले ०७२ सालमा खरिद गरेको दमकल मात्रै छ । दमकल सार्वजनिक सवारी साधन जस्तै दैनिक आवश्यक हुँदैन् । तर, आगलागीको बिपद्मा सवैभन्दा बढि उपयोगी साधन हो । दमकल सवै ठाउँमा पुग्दैन् ।
किनकी बस्ती पुगेका सडकहरु साँघुरा छन् । तर, मुख्य सडक र छिर्न मिल्ने ठाउँसम्म दमकल पुगेर ठूलो क्षतिबाट जोगाएका कैयन उदाहरण छन् । ७ र ८ बैशाखकै आगलागीको कारण जिल्लामा ८९ घरगोठ र ८३ पशुचौपाय जलेर नष्ट भएका छन् । दमकल आवश्यक भएपनि ग्रामिण बस्तीहरुमा स्तरिय बाटो नहुँदा आफुहरुले टयांकर मार्फत काम गरिरहेको रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । उनले दुई÷तीन वटा पालिका मिलेर दमकल खरिद गर्ने र सडक पहुँच भएको ठाउँमा प्रयोग गर्नुनै उत्तम हुने बताए । उनले सवै ठाउँमा लिफ्ट खानेपानीको पाइप लाइनमा गेडवल र पाईप राखेर बिपद को बेला प्रयोग गर्न मिल्ने गरेर सात ठाउँमा का गर्दै गरेको बताए ।
निर्णय हुन्छन् कार्यान्वय हुँदैनन्
जिल्लामा आगलागीका घटनाहरु बृद्धि भएपछि ३० चैत ०७७ मा तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षतामा बसेको जिल्ला बिपद् व्यावस्थापन समितिको वैठकलले स्थानीय तह र समितिका आवद्ध निकायले आगलागी नियन्त्रणका लागि आवश्यक उपकरणहरु खरिद गर्ने निर्णय गरेको थियो । प्रत्येक स्थानीय तह वा भुगोलको आधारमा दुई वा तीन स्थानीय तह मिलेर दमकल तथा आवश्यक थप सामग्री खरिद गर्ने गरेर सर्वपक्षिय छलफल भएपनि बर्षात सुरु भएपछि निर्णय कार्यान्वयन भएन् । सरकार र सरकारका निकायहरु बिपद्पछि छटपटी गर्छन् । तर, पुर्व तयारीका बिषयमा संवेदनशिल छैनन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले सुरक्षा निकायसहित स्थानीय तहहरुलाई पनि अहिले दमकलको अत्यन्तै महसुस भएकाले भुगोल र दुरी हेरेर खरिद गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘रेसुंगा नगरपालिकाको एउटा दमकल १० ठाउँमा कसरी पु¥याउने । तरपनि कैयन बस्ती र मानविय क्षतिबाट जोगाएको छ,’उनले भने,‘स्थानीय तहले भुगोल र दुरी हेरेर खरिद गर्दा राम्रो हुन्थ्यो ।’
बर्सेनि आगलागीबाट ठूलो क्षति
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आर्थिक बर्ष ०८०÷०८१ को १० महिनामा एक सय ७७ बिपद्का घटना भएका छन् । जसमा सबैभन्दा बढि आगलागीका एक सय २४ घटना भएका छन् । त्यस्तै चट्याङ्गका पाँच, बाढी डुवानका तीन, पहिरो २६, अविरल बर्षा ११ र हावाहुरीका आठ घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए । ती घटनामा दुई महिला, तीन पुरुष र एक बालक गरेर छ जना मानिस र ८५ पशुचौपायको ज्यान गएको छ । ३९÷३९ जना मानिस र पशुचौपाय घटनामा घाइते छन । मानबीय बाहेक करिब ४३ करोड रुपैयाँ क्षती भएको छ ।
प्रहरी कार्यालयका प्रवक्ता पोख्रेलका अनुसार आर्थिक बर्षमा दुई सय तीन बिपद्का घटना भएका थिए । ती मध्ये एक सय २६ आगलागीका छन् । चट्याङका आठ, बाढी डुवान सात, पहिरो सात, अविरल बर्षा १६ र हावाहुरी सात रहेका छन् । गत बर्ष पनि आगलागीबाट छ जना मानिस र २१ पशुचौपायले ज्यान गुमाएका छन् । आगलागीसहितका विपद्का घटनाबाट भने १४ जना मानिसले ज्यान गुमाएका छन् ।
दमकल चालकका दुख : जोखिम छ, बिमा छैन
‘आगोले घेरेपछी कैयौंपटक पाइप छोडेर भागेको छु । प्रत्येक घटनामा ज्यानको बाजी राखेरै काम गर्ने हो,’उनले भने,‘ दमकलमा काम गर्न थालेका सात बर्ष भए अहिलेसम्म जोखिम बिमा छैन ।’ अरुको दुखमा राहत दिन जाने दमकल (वारुण यन्त्र) चालककै दुख कैंयन छन् । रेसुंगा नगरपालिका–१ का ३१ बर्षीय कमल पन्थी दमकल चालक हुन् । उनले सात बर्षदेखि दमकल चलाउँछन् ।
गुल्मीमा एउटा मात्र दमकल छ । आगलागीका घटना धेरै छन । लगातार ४८ घण्टा काम गरेको अनुभव कमलसंग छ । गत बर्ष मात्रै एक सय ५६ ठाउँ आगो नियन्त्रण गर्न पुगे । अहिलेको दौडधुप पनि कम छैन् । दमकका कारण कैंयन ठुला जोखिम टरेका छन् । यो पेशामा बिदा भन्ने हुँदैन । मोबाइल सिरानीमा राखेर सुत्ने हो । खाना छोडेर हिडेका कैयौं पल छन् ।
तर, दमकल चालककै दुख कसैले सोध्दैन् । दमकलमा १२ जना जनशक्ति हुनपर्छ । दुई जना चालक र १० जना सहयोगी हुँदा दुई सिफ्टमा २४ सै घण्टा सेवा दिन सकिन्छ । तर, अहिले एक चालक र एक सहयोगीको भरमा दमकल दौडिएको छ । उनीहरु आफै जोखिममा छन् । जोखिम बिमा छैन् । फायर सेफ्टी ड्रेस पनि छैन् । तालिम पनि सुरुको बर्ष बाहेक पाएनन् । अहिले मासिम २९ हजार पारिश्रमिक छ । कमलले जीवनमा ठुलो आशा देखाएनन् । आफ्नै ठाउँमा परिवारसँग काम गर्न पाएकोमा खुशी छन् ।
तर, खाइपाइ आएको खाना खाजासहितको भत्ता काटिएकोमा भने मन दुखाएका छन । उनी रेसुंगासहित इस्मा, गुल्मीदरवार, रुरु, छत्रकोट र अर्घाखाँचीको छत्रदेबसम्म पुगेर आगो नियन्त्रण गरेका छन् । अर्को स्थानीय तहमा जाँदा चालकलाई भत्ता र एक पटकको न्युनतम ५० लिटर डिजल दिनुपर्ने सहमति छ । तर, त्यही पनि कार्यान्वयनमा छैन । गत बर्ष चार पटक छत्रकोट पुग्दा न भत्ता न डिजल दिएको कमलले गुनासो गरे ।
उनले लुम्छा बजार जोखिममा पर्दा लगातार ४८ घण्टासम्म काम गरेको स्मरण गरे । ०७१ सालबाट रेसुंगा नगरपालिकामा नियुक्ति पाए । नियुक्ती पाउँदा साढे ११ हजार पारिश्रमीक पाउँथे । एक बर्ष कार्यालयको गाडी चलाए । ०७२ सालमा दमकल आयो । पन्थी हलुवा सवारी चालकबाट हेबीमा बढुवा भएपछि ०७३ सालबाट दमकल चलाउन थाले । त्यो बेला साढे १२ हजार मासिक कमाई थियो ।