गुल्मेली सर्जक आचार्यको गीतामा आधारित भजन सार्वजनिक



टाेपलाल अर्याल


गुल्मी । गुल्मेली पुराना पत्रकार स्वर्गीय कृष्ण प्रसाद आचार्यका छोरा अमृत आचार्यले भागवत गीतामा आधारित भजनको म्युजिक भिडियो  सार्वजनिक गर्नुभएको छ । तम्घासमा पत्रकार भेटघाट मार्फत आचार्यले म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो

रेसुङ्गा नगरपालिका-७ उपल्लो तम्घास निवासी आचार्यले आफ्नो लगानीमा भागवत गीताको सार मनलाई स्थिर गर्न सक्नुपर्छ, क्रोध, वासना र मोह नरकका तीन द्वार हुन, मोह या सुख शान्तिको अधिनमा नपर्नु, शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु भन्नेनै भजनको म्युजिक भिडियोमा देखाउन खोजिएको छ ।

“जे तिमि आज मेरो भन्छौ हिजो मेरो भन्थ्यो कोहि अर्कै । भोलि दाबी गर्छ सोही अर्कै यो ख्याल छ कि छैन ।” -ए मानव तिमिलाइ यो ख्याल छ कि छैन ।

“के साथमा लिइ आएथ्यौ भन केके लैजान्छौ साथ । जब फुलमाला अबिरले सजिन्छ तिम्रो लास”

( Jeevan rajan

यो म्युजिक भिडियोको गीतको शब्द लेखन तथा लय भर्ने काम आचार्य आफैले गर्नुभएको छ । भने आवाज तथा म्युजिक एरेन्ज लोकप्रिय आधुनिक गायक सौगात सायरले गर्नुभएको छ । अडियो निकालेको लामो समयपछि म्युजिक भिडियो निर्माण गरिएको हो । निर्माता आचार्यले प्रबिधिको दुनियाँमा अडियोले मात्र दर्शकको ध्यान नजाने भएकाले सृजनालाई थप जिवन्तता प्रदान गर्न भिडियो निर्माण गरिएको बताउनुभयो ।

म्युजिक भिडियो बुटवलका विभिन्न ठाउँमा छायांकन गरिएको छ । अस्विन केसीको निर्देशनमा अमृता ज्ञवाली र कमल घिमिरेले मुख्य अभिनय गर्नुभएको छ । म्युजिक भिडियोमा कमल घिमिरेले क्षणिक रुपमा आर्जन हुने पैसाले उन्मत भएर घर परिवार र आफन्तबाट टाढा हुने र पछि आपत पर्दा कसैले नहेरेको भुमिकाकामा अभिनय गर्नुभएको छ । अमृता असल गृहणी र कमलको दमन खेपेको पात्रको रुपमा रहनु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया