इस्माका अग्नी पीडितलाई सिजी फुड्स प्रालिद्धारा सहयोग प्रदान



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको इस्माका अग्नी पीडितलाई सिजी फुड्स नेपाल प्रालिले सहयोग गरेको छ । सिजी फुड्स नेपाल प्रालिले गुल्मी जिल्लाका अधिकृत बिक्रेता न्यू डिपी टेड्रर्स र सिद्धबाबा टेड्रर्स मार्फत इस्मा गाउँपालिकाका अग्नी पीडितलाई ५४ पेक वाइवाइ चाउचाउ र कचौरा प्रदान गरिएको हो ।

गएको वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षती भएको थियो । सिजी फुड्स नेपाल प्रालिले अग्नी पीडितहरुको लागि राहत स्वरुप चाउचाउ प्रदान गरिएको सजी फुड्स नेपाल प्रालिले गुल्मी जिल्लाका अधिकृत बिक्रेता न्यू डिपी टेड्रर्सका प्रमुख दुर्गा पाण्डेले बताए ।

Jeewan and Rajan Tailors

जिल्लाको इस्मा गाउँपालिमा आगोलागीबाट १९९ जना नागरिक प्रभावित भएका छन् । घर जल्दा खुल्ला आकाश मुनी बस्न बाध्य नागरिम अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।
आगोलागीबाट इस्मा गाउँपालिकाका विभिन्न वडाहरुमा क्षति पुगेको छ । गाउँपालिकाको वडानम्बर–२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा आगोलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् ।

The Star Family Restaurant

त्यस्तै ४९ वटा गोठ जलेर नष्ट भएका छन् । आगोलागीमा एउटा ट्याक्टरमा आगोलागी हुँदा २ जन घाइते भएका छन् । ५६ वटा पशुचौपाय जलेर नष्ट भएका छन् । अग्नी पिडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढ्दै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नी पिडितहरुका लागि सामाग्री पुर्याउने काम गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया