इस्मा गाउँपालिकाकै अत्यन्तै अप्ठ्यारो माझी भिरकाे सडक ढलान



सुमन महतारा


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाकाे अत्यन्तै अप्ठ्यारो सडक माझीभिरमा ढलान कार्य गरिएको छ । गाउँपालिकाकाे वडा नम्बर ४ मा पर्ने चैंयाँ, हुल, घैंयारा, मड्किना निस्ती हुँदै मुसिकाेटकाे पाैदीअमराई पुग्ने याे बाटो माझीभिरकाे अत्यन्तै अप्ठ्यारो सडक  माझीभिरमा ढलान कार्य गरिएको हो ।                                                                               अत्यन्तै असहज र गाडीले पिकअप छाडेको खण्डमा भिरबाट झरिन्छ कि भन्ने डर बाेकेर हिड्नुपर्ने स्थानीय मान बहादुर दर्लामीले बताए । उनले यहाँ ढलान भएसँगै यात्रा गर्न धेरै सहज हुने बताए । उनले इस्माकै अप्ठ्यारो भिरमा सहज सडक निर्माण गरेकोमा गाउँपालिकालाई धन्यवाद दिए ।                                                            गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले वडा नम्बर ४ का अधिकांश भु-भागमा जाने मुख्य बाटो माझीभिरमा मान्छे हिड्न समेत गाह्रो देखिएका कारण सहज यात्राका लागि निर्माण गरिएको बताइन् ।                                                                            विभिन्न चाडपर्व र समयमा धेरै नागरिकले साना गाडीहरु लिएर राजधानी काठमाडौं र बुटवल जस्ता सहरबाट आउने तर यही माझीभिरकाे अप्ठ्यारो गर्दा मैदानमा गाडीहरु राखेर झाेलाहरु हातमा समातेर जानुपर्ने समस्या पटकपटक देखेको र अत्यन्तै अप्ठ्यारो साथै दुर्घटना सजिलोसँग हुने देखिएपछि पहिलो प्राथमिकतामा राखेर स्थानीय पूर्वाधार कार्यालय सँग समन्वय गरेर गाउँपालिकाकाे पहलमा निर्माण गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया