गुल्मी । गुल्मीको मालिका गाउँपालिकाकाे कार्यालय जाने सडक कालोपत्रे हुन सकेका छैनन् । गाउँपालिकाकाे कार्यालय जाने सडकहरू सिमलटारीदेखि अर्खावाङ्ग, सिलादी घमिरदेखि अर्खावाङ्ग र अर्जैदेखि अर्खावाङ्ग जाने कुनै पनि सडकहरु कालोपत्रे हुन सकेका छैनन् । वडाको अर्जैकाे केही भाग र घमिरकाे केही भागमा मात्र ग्रावेल भएतापनि अरु सडकहरुमा ग्रावेल समेत हुन नसकेको हाे । संघीयताकाे सात बर्ष बित्दा समेत गाउँपालिकाकाे कार्यालय जाने सडकहरु हिउँदमा धुलाम्ये र बर्खामा हिलाम्ये छन् । दशकाैं अगाडि खुलेका यी बाटोहरु पहिला जस्तो थियो अहिले पनि त्यस्तै अवस्थामा छन् । गाउँपालिकाकाे कार्यालय जाने बाटाहरुकाे दुरदर्शा समेत याे अवस्थामा छन् भने वडाका अन्य बाटाहरुकाे हविगत झनै बिग्रेको मालिका ५ का स्थानीय रेशम गिरिले बताए । उनले मुख्य बाटाहरु ग्रावेल र पिच गर्ने अन्य शाखा बाटाहरुलाइ गाडि हिड्ने गराउने हाे भने मुख्य बाटाहरु हिउँद र बर्खा पनि चल्ने बताएका छन् । गाउँपालिकाकाे चाैरासीदेखि सिमलटारी सम्म पर्ने मदन भण्डारी राजमार्गकाे चार किलोमिटर सडक मदन भण्डारी राजमार्गमा परेका कारण पिच भएको छ भने अन्य कुनै पनि बाटोहरु पिच गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार बाट समेत बजेट सुनिश्चित नभएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले बताए । उनले सालझण्डी ढाेरपाटन सडकले पिच गर्ने र त्यसले गाउँपालिकाकाे आठ किलोमिटर बाटो पिच हुने जानकारी दिएका छन् ।
तपाईंको प्रतिक्रिया
-
महतारा नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य