गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो विद्युत शव स्टेशनमा पुग्दा डेढ करोड बढीको क्षती भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर–४ बिरबास स्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो एक्कासी विद्युत शव स्टेशन नजिकै पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए ।
शवस्टेशन क्षेत्रमा आगो निभाउने कार्यमा लागि परेकाले अहिलेलाई अनुमानित डेढ करोड बराबरको तार जलेर नष्ट भएको अनुमान गरिएको पोखरेलले बताए । जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतिकरण गर्ने लक्ष्यले त्यस स्थानमा सामाग्री राखिएको थियो ।
आगोलागि नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियहरु, दमकल सहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । पछिल्लो केहि दिन यता जिल्लाका विभिन्न स्थानका सामाुदायिक बनमा आगोलागीका घटनाहरु बढदै गएका छन् ।
मानविय त्रुटीका कारणले बन जंगलमा आगलागीका घटनाहरु बढदै गएका छन् । मानिसले बनमा आगोलागाउने गरेपनि आबश्यक सुराकी नदिदा दोषी पक्राउ पर्ने गरेको पाइदैन ।