कर्मचारीको स्थापना दिवसकोे अवसरमा कारागारका कैदीबन्दीलाई टिभी प्रदान



अनिल खत्री


गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले आफनो स्थापना दिवसको अवसरमा जिल्ला कारागार गुल्मीका कैदी बन्दीहरुलाई सामाग्री प्रदान गरेको छ । संगठनको ३४ औं स्थापना दिवसको अवसरमा कारागारका कैदी बन्दीहरुको आवश्यकताको आधारमा टिभी प्रदान गरिएको हो ।
बिहिवार एक कार्यक्रमको आयोजना गरेर लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश बस्यालले संयुक्त रुपमा हस्तातरण गरेका हुन् । संगठनमा रहेका सदस्यहरुद्धारा थोरै थोरै रकम संकलन गरेर सामाजिक उत्तर दायित्व स्वरुप स्थापना दिवसको अवसरमा कैदी बन्दीहरुलाई ४२ इन्चको टिभी प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिमलाल खनालले बताए । कार्यक्रममा संगठनका कर्मचारीले स्थापना दिवसको अवसरमा गरेको सहयोगको प्रशंसा गरिएको थियो । दिवसको अवसरमा आधिकारि ट्रेड यूनियन जिल्ला अध्यक्ष खिमबहादुर अधिकारीले देश संघीयतामा गईसकेको करिब एक दशक पुग्नै लाग्दा समेत संघीय निजामती सेवा ऐन जारी नहुँदा अन्यौलता सिर्जना भएको बताए । स्थापना दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन गुल्मीले रचनात्मक कार्य गर्दै आएको छ ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश बस्यालले देशभरका पेसाकर्मीहरु एक हुनुपर्छ भन्ने मान्यता बोकेर संगठन स्थापना भएको बताए । कर्मचारीहरुका समस्याहरुलाई निराकण गर्ने उदेश्यले कर्मचारीहरु संगठिन हुँदै आएको उनले बताए । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कारागारमा धेरै समस्याहरु रहेपनि जल्दोबल्दो समस्यालाई सम्बोधन गरेकोमा संगठनलाई धन्यवाद दिए । उनले कर्मचारीहरु आफ्ना समस्याहरु राख्दै नागरिकको सेवाप्रवाह गुणस्तरीयता प्रदान गर्नु प्रमुख उदेश्य रहेको बताए ।
लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालल कुनैपनि समस्या हकहितको लागि आवाज उठाउने संगठन एउटै हुनुपर्नेे बताए । कर्मचारी बिभाजित भएर भन्दा पनि एक जुठ भएर लाग्नु पर्नेमा जोड दिए ।
कर्मचारी संगठनले विभिन्न समयमा समाजिक उत्तरदायित्व स्वरुप रचनात्मक कार्य गर्दै आएको उनले बताए । कारागारमा विभिन्न समस्याहरु रहेको उनले बताए ।
२५ जनाको क्षमता रहेको कारगारमा क्षमता भन्दा कैदी बन्दी बस्नुपर्ने बाध्यता रहेको भुसालले बताए । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले आफनो स्थापना दिवसको अवसरमा २ दिनसम्म कार्यक्रम राखेको संगठनका जिल्ला सल्लाहाकार बोम अर्यालले बताए ।
पहिलो दिन कारागार गुल्मीका कैदी बन्दीलाई टिभी प्रदान गरिएको हो । भने शुक्रबार रक्तदान को कार्यक्रम आयोजना गरिएको अर्यालले बताए ।

Jeewan and Rajan Tailors

२५ जनाको क्षमता रहेको गुल्मी कारगारमा अहिले ११७ जना कैदी बन्दी रहेका छन् । जसमध्ये कैदी ८४ जना, ३० जना थुनुवा,  ३ जना नावालक रहेका छन् ।
त्यसमध्ये पुरुष कैदी ७७ जना, २६ जना थुनुवा रहेका छन् । महिला कैदी ७ जना, थुनुवा ४ जना रहेका छन् ।
जिल्ला कारागार गुल्मीमा अहिले मुडा, विभिन्न बुटिक सलहरु र फर्निचरका सामाग्रीहरु उत्पादन हुँदै आएका छन् । अहिले कारागार गुल्मीमा कैदी बन्दीले उत्पादन गरेका सामाग्रीले उद्योगको रुप लिदै आएको छ ।
यहाँ उत्पादन भएका सामाग्रीहरु बलिया र राम्रो हुने गरेको छ । त्यसैले कारागारमा उत्पादन भएका सामाग्रीहरुको माग बढदै गएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया