गुल्मीको खानीगाउँ पुर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा



Live Gulmi


अनिल खत्री, गुल्मी । गुल्मीको खानीगाउँ पुर्ण पाेषणमैत्री स्वास्थ्य संस्था घाेषणा भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ८ खानीगाउँमा खानीगाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्रको आयोजना तथा वडा कार्यलयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको खानीगाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख रिमकुमारी श्रीसले जानकारी दिइन् ।

कार्यक्रम रेसुङ्गा नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष निराजन थापाको अध्यक्षता, रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरको प्रमुख आतिथ्यता, रेसुंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, स्वास्थ्य कार्यलय गुल्मीका प्रतिनिधि ताराबहादुर कार्की,वडा सदस्य लगायतको उपस्थिति कार्यक्रम संचालन गरिएको थियो । वडा सदस्य कृष्णप्रसाद भण्डारीको स्वागत मन्तब्य र वडा सचिब निर्मला रोकाको संचालनमा कार्यक्रम सप्पन्न भएको हो ।

Jeewan and Rajan Tailors

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले नगरभित्र सुरुमै पुर्ण पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताइन् । नगर हरेक समयमा जनताको साथमै रही यी र यस्ता कार्य गर्न तयार रहेको र वडा नम्बर ८ मा ढिलो यो संस्था समुद्घाटन भए पनि छिटो घोषणा कार्यक्रम गर्न पाउँदा सम्पुर्ण आयोजक समुहलाई धन्यवाद ज्ञापन गरिन् ।

त्यस्तै वडा अध्यक्ष निरञ्जन थापाले सम्पुर्ण जनप्रतिनिधि, व्यवस्थापन समितिका पधादिकारी, सम्पुर्ण स्वास्थ्यकर्मी, स्वयम्सेविका र वडा भित्रका सरोकारवालाहरुको निरन्तर सहयोग र साधनाले खानीगाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई पोषण मैत्री वडाको रुपमा घोषणा गर्न सम्भब भएको बताए । थापाले नगरभित्र कान्छो संस्था भए पनि हरेक कार्यमा अगाडि रहेको र यी र यस्तै  कार्य जनताको हक हितको लागि गरिरहने बताए । २०७९ आषाढ १२ गते सोही केन्द्र समुदघाटन भई सेवा प्रारम्भ भएको थियो ।

जसले विशेष त खोप क्लिनिक संचालन गरेको छ । पोषण सेवाका कार्यक्रम अन्तर्गत सुरुवाती चरणदेखि नै पाँच बर्ष मुनिका बालबालिकालाई समय समयमा जारी प्रोटोकल बमोजिम तौल अनुगमन गर्ने, परामर्श दिने, वडा भित्रका स्वास्थ्यकर्मीहरु, स्वयमसेविकाहरुलाई तालिम दिने, गर्भबती महिला हरुलाई आइरन लगाएतका भिटामिन सम्बन्धी प्रवर्धन, पोसिलो खाना बनाउने तरिका लगायतका कार्य गरिरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया