गुल्मी अस्पतालको भवन निर्माण सुस्त गतिमा, संरचना अभावले सेवाप्रवाहमा समस्या



अनिल खत्री


गुल्मी । गुल्मी अस्पतालमा संरचना अभावले सेवाप्रवाहमा समस्या हुँदै आएको छ । गुल्मी अस्पतालमा रहेका भवनहरु साना र सेवाग्रही मैत्री नहुँदा समस्या हुँदै आएको हो । अस्पतालको अत्याधुनिक भवन निर्माणधिन अवस्थामा रहेको छ । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणको काम निकै सुस्त गतिमा हुँदा अस्पतालको सेवाप्रवाहमा समस्या हुँदै आएको अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताउनुभयो । ०७८ साल असार १८ गते सम्झौता भइ काम सुरु भएको भवनको २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको थियो । तर सम्झौता अवधीमा भवन निर्माण कार्य सम्पन्न हुन नसकेपछि पुनः ०८० पुस १७ गतेसम्मका लागि थप म्याद थपिएको थियो । तर, थपेको म्यादमा पनि भवन निर्माण कार्यसम्पन्न हुन सकेको छैन् । जसले गर्दा अहिले अस्पतालको पुरानो साँधुरो भवनमा सेवाप्रवाह हुँदै आएको छ । अस्पतालले हाल बिशेषज्ञ डक्टरहरु थप गरेर ल्याएपनि संरचना अभावले सेवाग्रहीले साँधुरो ठाउँमा सेवा लिन बाध्य भएका छन् ।

गुल्मी अस्पताल तम्घास ०७१ सालमा ५० शैयामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । भवनको स्वच्छन्द–बानियाँ जे.भी हेटौडा मकवानपूरले निर्माणको जिम्मा लिएको हो । नयाँ बन्ने अस्पतालको भवन ५ तल्लाको निर्माण गर्ने गरि रु २५ करोड ९५ लाख ६४ हजार २०३ रुपौयाँ लागत रहेको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताउनुभयो । भवनको चैतको तेस्रो सातासम्म ६५ प्रतिशत भौतिक प्रगति र ५५ प्रतिशत वित्तिय प्रगति भएको निर्माण कम्पनीका इन्जिनियर सागर दुलालले बताउनुभयो । उनले अवको केहि महिनामा भवन निर्माणको काम सम्पन्न गर्ने गरि जनशक्ति थप गरिने प्रतिबद्धता जनाउनुभयो । निर्माण व्यवसायीबाट म्याद थप गरेर समयमै भवन निर्माणको काम सम्पन्न हुने भनिए पनि कामको गति अत्यतन्तै सुस्त रहेको छ ।

Jeewan and Rajan Tailors

अस्पतालको भौतिक संरचना निमार्णका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना कार्यान्वयन इकाइ भवनबाट रकम विनियोजन भएको हो । विशेषज्ञसहितको सेवा प्रवाह गर्ने गरि अस्पताल भवन निर्माण हुन लागेको छ । आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्था सहितको हुने छन् । भवनलाई जतिसक्यो छिटो सम्पन्न गर्न पहल गर्दै आएपनि निर्माण पक्षबाट काम सुस्त हुँदा सेवाप्रवाहमा समस्या हुँदै आएको अध्यक्ष पाण्डेले बताए । गुल्मी अस्पतालमा हाडजोर्नी, गाइनोलोजिष्ट, हेमो डायलाइसिस सेवा लगायतका बिशेष डक्टरहरु सहितका सेवा बिस्तार भएका छन् । अस्पतालमा अहिले हाडजोर्नी र प्रसुति तर्फमा अप्रेशन हुँदै आएका छन् । तर अस्पतालको पुरानो साँधुरो संरचनामा अप्रेशन गर्न र बिरामीलाई राख्नका लागि समस्या हुँने गरेको अस्पतालले जनाएको छ ।

The Star Family Restaurant

गुल्मी अस्पतालमा अहिले प्रसुती र हाडजोर्नी बिशेषज्ञ सेवा बिस्तारले सयौं बिरामीहरुले सहजरुपमा सेवा लिन पाएका छन् । पहिले पहाडी जिल्लाहरुमा बिशेषज्ञ डक्टरहरु दरबन्दी भएपनि आउन नमान्ने भएकाले सेवाग्रहीले बिशेषज्ञ सेवा लिन समस्या हुने गरेको थियो ।
तर हाल भने विभिन्न प्रकारका बिशेषज्ञ सेवा लिन पाएका छन् । गुल्मी अस्पताल यश वर्ष पनि आन्तरिक मूल्याङकनमा लुम्बिनी प्रदेशमै तेस्रो भएको छ । गुल्मी अस्पतालमा हाल दैनिक करिब ४ सय बिरामीले सेवा लिने गरेका छन् । बिरामीको अत्याधिक चाप रहेको अस्पतालमा अहिले विभिन्न प्रकारका बिशेषज्ञ डक्टरहरु रहेपनि संरचना अभावकै कारणले समस्या हुँदै आएको छ । अस्पतालमा हाल बिहान ९ बजेबाटै ओपिडी सेवा सुरु गरिएको छ । बिरामीको चाप र दिउँसो गाउँगाउँमा पुग्ने सवारीहर छुटने भन्दै सेवाग्रही आत्तिने हुँदा केहि अघिबाट बिहान ९ बजेबाट सेवा दिन सुरु थालिएको छ ।    

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया