बावुराम पन्थीको ‘उकालो चढ्दै छ पिरती’ गीत सर्वाजनिक



अनिल खत्री


गुल्मी । लोक दोहोरी गायक बावुराम पन्थीको ‘उकालो चढ्दै छ पिरती’ गीत सर्वाजनिक भएको छ । कुनै बेला लोक दोहोरी क्षेत्रमा लगातार लोक दोहोरी गीत सार्वजनिक गरेर चर्चामा रहेका गायक पन्थीको लामो समयको अन्तरालमा अर्को नयाँ गीत सार्वजनिक भएको हो ।

लोक दोहोरी गीत संगीत क्षेत्रमा गायक पन्थीका यश अघिका गीतहरु दर्शक श्रोतामा अझै पनि उत्तिकै नै रुचाइएका छन् । केहि दिन अघि मात्रै सार्वजनिक भएको ‘उकालो चढ्दै छ पिरती’ गीत पनि चर्चामा रहेको छ । गायक पन्थी लोक दोहोरी क्षेत्रमा गायकसँगै गीतकार पनि हुन् । उनले आफुले पनि गीत लय शब्द र गाउने गरेका छन् ।

Jeewan and Rajan Tailors

तर यसपटक भने गायक पन्थीले सार्वजनिक गरेको गीतमा स्वर दिएका हुन् । प्रलाद सुवेदीको शब्द रहेको गीतमा बसन्त थापाको लयक रहेको छ । गीतमा बावुराम पन्थीको र सुनिता बुढाक्षेत्रीको स्वर रहको छ । गीतमा बैश ओरालो झर्दै गरेका र पिरती उकालो चढ्दै गरेका शब्द भाव रहेको छ । माया प्रेममा आधारित पछिल्लो पिडीका युवायुवतीहरुलाई मध्य जनर राखेर तयार गरीएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया