गुल्मीमा १२ वर्षका बालक पौडी खेल्ने क्रममा डुबेर मृत्यु



अनिल खत्री


गुल्मी । गुल्मीको बडीगाड खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत फेला परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर–२ निवासी १२ वर्षका प्रिन्स सारु बडीगाड खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताउनुभयो ।

बालक शनिवार दिउँसो बडीगाड खोलाको सोता भन्ने स्थानमा पौडीखेल्ने क्रममा बेपत्ता भएका थिए । वेपत्ता बालकलाई प्रहरी र स्थानीयले आइतबार बिहान खोज्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ ।

Jeewan and Rajan Tailors

बालकको शब पौडी खेलेकै स्थानमा फेला परेको थियो । शबलाई खोलाबाट निकालेर पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइदै रहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।  

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया