गुल्मी जिल्ला समाज यूकेद्धारा फरक क्षमताकालाई ६ लाख बढी आर्थिक सहयोग



अनिल खत्री


गुल्मी । गुल्मीका २ संस्थालाई प्रबासी नेपालीले ६ लाख बढी आर्थिक सहयोग गरेका छन् । गुल्मी जिल्ला समाज यूकेले गुल्मीदबार गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्लामा फरक क्षमताको क्षेत्रमा काम गर्दै आएका संस्थालाई आर्थिक सहयोग गरेका हुन् ।

गुल्मी जिल्लामा रहेर फरक क्षमताको लागि काम गर्दै आएको आशा अपांग केन्द्र र रुरु स्थित अटिजम पाठशालालाई दुई दुई लाख रुपैया आर्थिक सहयोग गरेका हुन् । त्यस्तै गुल्मीदबार र छत्रकोटमा रहेका फरक क्षमताकालाई जनहि २५ हजारका दरले गरि कुल ६ लाख ७५ हजार आर्थिक सहयोग हस्तातरण गरिएको गुल्मी जिल्ला यूके समाजका महासचिव रुद्र थापाले बताए ।

Jeewan and Rajan Tailors

सहयोग रकम गुल्मी जिल्ला यूके समाजका महासचिव रुद्र थापा जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्री, गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज थापा र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले संयुक्त रुपमा दुई संस्थाका प्रमुख र फरक क्षमता नागरिकलाई नगद रकम प्रदान गरेका थिए ।

The Star Family Restaurant

आर्थिक सहयोग पाउने तम्घासमा रहेको आशा अपांग केन्द्रले जिल्लामा अपांगताको क्षेत्रमा ठूलो पुण्य काम गर्दै आएको छ । रुरुमा रहेको अटिजम पाठशालाले पनि विद्यालय संञ्चालन गरेर अटिजम भएका वालवालिकाको क्षेत्रमा ठूलो काम गर्दै आएको छ ।

गुल्मी जिल्लाबाट प्रवास यूकेमा रहेका गुल्मेलीहरुले विभिन्न कार्यक्रम गरेर जिल्लामा फरक क्षमताको क्षेत्रमा वर्षेनी ठूलो सहयोग गर्दै आएको संस्थाका महासचिव थापाले बताए । समाजबाट गुल्मीमा विभिन्न समयमा करोडौं रकम सहयोग गर्दै आएको छ ।

सहयोग रकम हस्तातरण कार्यक्रममा छत्रकोट गाउँपालिका उपाध्यक्ष मिना ज्ञवालीले प्रवासी नेपालीहरुले स्वदेश प्रति देखाएको सदभाव निकै प्रशंसायोग्य रहेको बताइन । उनले जन्मभूमिमा विभिन्न खाले विपद्हरुमा गरेको सहयोगले धेरै राहत पुग्ने गरेको बताइ ।

उनले आउदा दिनहरुमा पनि यस्तै सहयोगको खाँचो रहि रहने बताइन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रवासमा बसेर पनि जन्मभुमी प्रतिको दायित्वलाई महसुस गरेर गरेको सहयोग प्रशंसा गरे ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख द्रोर्णबहादुर खत्रीले प्रवाशमा रहेर जन्मभूमि प्रति सामाजिक क्षेत्रमा विभिन्न खाले पिडाहरुमा परेका ब्यक्तिहरुको सहयोगार्थ गरिएको सहयोगले ठुलो मद्दत पुर्याएको बताए । देशमा बस्ने भन्दा पनि देश बाहिर बस्ने नेपालीहरुमा सच्चा राष्ट्रभाव हुने प्रमुख खत्रीले बताए । गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज थापाले समाजले असाय असक्तहरु गरेको सहयोगले अरु ब्यक्तिहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना वढाएको बताए । गुल्मी जिल्लामा हुने कुनैपनि दैबिक प्रपोक, असाय अशसक्तहरुलाई सहयोग गर्ने उदेश्यले सन २००७ मा संस्था स्थापना गरेर सहयोग गर्दै आएको छ । बेलायतमा रहेका गुल्मेलीहरुले जिल्लामा आगोलागी, भुकम्प, बाढी पहिरो, विभिन्न रोगबाट ग्रसित असाय अससक्तहरुलाई पनि सहयोग गर्दै आएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया