फोहोरको प्रदूषित धुवाँले तम्घास वासीलाई सास्ती      



अनिल खत्री


गुल्मी । गुल्मी सदरमुकाम तम्घास बजारको फोहोर फाल्ने (डम्पिङ साइट) ठाउँबाट निस्केको धुँवाले तम्घास वासीलाई समस्या पुर्याउदै आएको छ । तम्घासको फोहोरलाई अहिले रेसुङ्गा नगरपालिकाको वडानम्बर–२ र वडानम्बर–७ को साँधीममा ओखरेनीमा फालिदै आएको छ ।

व्यवस्थीत रुपमा फोहोर बिर्सजन गर्ने ठाउ नहुँदा त्यस वरपरमा वस्तीका नागरिकले वषौंदेखि प्रदूषित धुवाँ खान बाध्य छन् । फाहोर फाल्ने ठाउँबाट निस्केको धुँवाले तम्घासको उदिनढुंगा बागमारे, धागिथुम र वेदुखर्क भूजेल खर्क क्षेत्रका नागरिकहरु वषौंदेखि मारमा छन् ।

Jeewan and Rajan Tailors

यसक्षेत्रका नागरिकले फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) हटाउन वषौंदेखि आवाज उठाएका छन् । तर सुनुवाई भने भएको छैन् । फोहोर बिर्सजन ठाउँ हटाउन प्रशासन र नगरपालिका पटक–पटक पुगेपनि कुनैपनि सुनुवाई नभएको दुखेसो रेसुङ्गा नगरपालिका वडानम्बर–७ का स्थानीय धनिश्वर पाण्डेले बताउनुभयो । फोहोर बिर्सजन गर्ने स्थानबाट दैनिक जसो धुवाँको मुस्लो घरमै निस्केर आउने गर्नाले बृद्धहरुलाई झनै सस्या हुने गरेको स्थानीय वासी बताउछन् ।

The Star Family Restaurant

वस्ती नजिकै फोहोर विर्सजन स्थल हुँदा त्यहाँका नागरिकले यशको सहि ठाउँमा व्यवस्थापन गर्नुपर्ने माग अर्का स्थानीय उजिर घर्तिले बताउनुभयो । फोहोर फाल्ने ठाउँ नजिकै खानेपानीको मुहान पनि रहेको छ ।

त्यहाँबाट निस्केका झिँगा लगायतका फोहोर जन्य वस्तु हावाको माध्यमबाट सजिकै पानीमा पुग्ने देखिन्छ । अर्को ओखरेनी खोलामा फोहोर फाल्दा पानीको कारणले तलतलका वस्तीहरुमा पुग्ने पानीमा पनि बजेर जाने समस्या रहेको छ ।

तर यशको हालसम्म पनि व्यवस्थापन हुन सकेको छैन् । अहिले फालिदै आएको फोहोरमा कुइने नकुइने सबै एकै ठाउँमा फाल्ने गरिएको छ । नसडने वस्तु पनि एकै ठाउँमा जसले गर्दा अर्को जोखिम पनि उत्तिकै रहेको छ । तम्घास बजारको फोहोरलाई ०६१ सालबाट ओखरेनीमा फालिदै आएको हो ।

बजारलाई सुन्दर सफा बनाउने उदेश्यले नगर विकास वातावरण संस्था मार्फत बजारको फोहोर उठाएर फाल्ने गरिएको छ । फोहोर व्यवस्थापन गर्दै आएको समितिले व्यवस्थित रुपमा फाल्ने ठाउँ अभावका कारणले फोहोरबाट मोहोर उत्पादन लक्ष्य अधुरै रहेको नगर विकास वातावरण संस्थाका अध्यक्ष रामप्रसाद पन्थीले बताउनुभयो ।

व्यवस्थित ठाउँ भएर सबै फोहोरलाई पैसामा बदल्ने गरि सञ्चालन गर्ने योजना रहेपनि मुख्य ठाउँको समस्या रहेको पन्थीले बताउनुभयो । जग्गा अभावले फोहोरमा भएको पैसा डढेर गएको अध्यक्ष पन्थीको भनाइ छ ।

हाल तम्घास बजारबाट दैनिक ८ देखि १० ट्याक्टर फोहोर फालिदै आएको छ । नगरपालिकाले वडानम्बर–९ बाट फोहोर संकलन केन्द्र राख्ने प्रक्रिया थालिएको थियो ।

तर त्यहाँ पनि स्थानीयको बिरोध आएपछि कुनैपनि निर्णय हुनसकेको छैन् । उक्त ठाउँमा फोहोर संकलन केन्द्रको लागि केहि काम समेत भएको थियो ।

नगरपालिकाले लामोसमयदेखि फोहोर फाल्ने ठाउँको खोजी गरेपनि उचित ठाउँ नभएकै कारणले वस्ती र खानेपानीको मुहान नजिकै फोहोर फाल्न बाध्यता छ । अहिले नगरपालिकाले फोहोर फाल्नका लागि जग्गा खरिद प्रक्रिया अगाडी बढाएपनि संरचना निर्माण कार्य भएको छैन् ।

नगरपालिकाले हालफालिदै आएको ठाउँलाई हटाएर अनेत्र सार्ने प्रक्रिया सुरु गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । तम्घास बजारलाई अहिले सुन्दर शहर बनाउने उदेश्यले नगरपालिकाले त्यसतर्फ ध्यान दिँदै आएको पन्थीले बताउनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया