मदन भण्डारी राजमार्गकाे ‘सिमलटारी-सौतामारे-मच्छी’ सडक निर्माण सुस्त



अनिल खत्री


गुल्मी । मदन भण्डारी राजमार्गको सिमलटारी सौतामारे–मच्छी–सडक कालोपत्रे गर्न निर्माण कार्य अगाडी बढेको छ । सडकको १६ किलोमिटर क्षेत्र अन्तर्गत सौतामारेसम्म अहिले निर्माण कार्य भइरहेको छ । सिमलटारी देखि सौतामारेसम्म सडक स्तर उन्नतीसँगै कालोपत्रे गर्ने कार्य भइरहेको छ । तर निर्माण व्यवसायीयले सुस्त गतिमा काम गर्द आइरहेका छन् ।
सडक निर्माण कार्य सुरु गरेको एक वर्ष वढि समय भइसक्दा चैतको पहिलो सातासम्म २० प्रतिशत मात्रै काम भएको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले बताइन । सडकको प्रगती हेर्दा सडक सकयमै काम सम्पन्न हुने देखिदैन ।

सडकको निर्माण कार्यलाई तिब्र बनाउन र गुणस्तीय काम गराउन सरोकारवाला पक्षबाट निरीक्षण गरिएको छ । सडक निर्माणमा भइरहेको ढिला सुस्तीबारे त्यस क्षेत्रका सांसद गोकर्ण बिष्ट, जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री लगायत पत्रकार सहितको टेलिले सडक निर्माण कार्यको निरीक्षण गरेको हो ।

Jeewan and Rajan Tailors

निरीक्षणका क्रममा निर्माण व्यवसायीले अत्यन्तै न्यून र्संख्यामा कामदारको प्रयोग गरेर काम गरिरहेको पाइएको थियो । जुन जतिमा काम गर्ने हो भने वषौंसम्म पनि निर्माण कार्य सम्पन्न हुने देखिदैन । सांसद बिष्टले वर्षात अगाडी सडकको कालोपत्रे गर्नका लागि ग्राभेल गर्ने कार्य सम्पन्न गर्नुपर्ने प्रस्ताव निर्माण व्यवसायीसँग राखेका थिए । सडक चौडा पार्ने कार्यले वर्षातको समयमा सवारी साधनहरु आउ–जाउ गर्न समस्या हुने भएका वर्षात अगाबै कामदारको संख्या थप गरेर ग्राभेल गर्ने कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे ।

The Star Family Restaurant

निर्माणको क्रममा रकम लगायत अन्य समस्या बारे आफुले सहजीकरण गर्ने भन्दै बिष्टले कामको गति बढाउन निर्माण व्यवसायीलाई आग्रह गरे । गुल्मी खण्डको तम्घास सिमलटारीसम्म २९ किलोमिटर सडक ४ वर्ष पहिले नै कालोपत्रे गर्ने कार्य सम्पन्न भएको थियो ।
तर सिमलटारीदेखि गुल्मी र प्यूठानको सिमाना सौतामारेसम्म सडक स्तर उन्नती र कालोपत्रे हुन सकेको थिएन । सडक समयमै निर्माण नहुँदा त्यसक्षेत्रमा यात्रा गर्ने सवारीसाधान र यात्रुले सास्ती खेप्नु पर्ने अवस्था रहेको छ ।
मदन भण्डारी राजमार्गको सिमलटारी सौतामारे खण्डमा श्रेष्ठ सक्षम जेभी काठमाडौंले निर्माणकार्य गर्दै आएको छ । सडकको १ अरब ४५ करोड ३२ लाख ९ हजार ९९० रुपैयाँको लागतमा निर्माण कार्य हुँदै आएको इन्जििनियर शर्माले बताइन।

०७९ साल कात्तिक ६ गते सम्झौता भएको सडकको ०८२ साल साउन ५ गतेसम्पन्न गर्ने गरि म्याद रहेको छ । सडकको हालसम्म २० प्रतिशत भौतिक प्रगती र १२ प्रतिशत वित्तिय प्रगती भएको छ । सडकको ७.७५ चौडाई कालोपत्रे गरिदै छ । मदन भण्डारी राजमार्गको गुल्मी खण्ड अन्तर्गत रिडी तम्घास खण्डमा पनि समान्तर इलाइट जेभीले सडक कालोपत्रे गर्न चौडा पार्ने काम गर्दै आएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया