रेसुङ्गा नगरपालिकामा लालपूर्जाका लागि निस्सा वितरण



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरेको छ । वषौंदेखि लालपूर्जा नपाएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई विभिन्न चरण पुरा गरेर निस्सा वितरण गरिएको हो ।

नगरका भूमि दलित ४८ जना, भूमि सुकुम्वासी ४४ र अव्यवस्थित बसोबासी ३१३ जना गरि ४०५ जनालाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गरेको रेसुङ्गा नगरपालिकामा सूचना अधिकारी पिताम्बर पन्थीले बताए । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई विभिन्न चरण पुरा गरेर लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको हो । निस्सा प्राप्त गरे पछि  भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने आशामा बसेका छन् । निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढने छ । त्यसपछि लालपूर्जा वितरण हुन्छ ।

Jeewan and Rajan Tailors

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले लामो समयसम्म सुकुम्वासीहरुले जग्गा नपाएका नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए । नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार बमोजिम भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने पन्थीले बताए । लालपूर्जा प्राप्तीका लागि विभिन्न प्रक्रियाहरु पुरा गर्नुपर्ने भएकले त्यसका लागि समय लाग्ने पन्थीले बताए । जिल्लाका १२ स्थानीय तहमा दुई हजार पाँच सय ९९ लाभग्राही भएको तथ्यांक रहेको छ ।

The Star Family Restaurant

जसमा भूमिहीन दलित तीन सय आठ, भूमिहीन सुकुम्वासी दुई सय ६१ र अव्यवस्थित बसोबासी दुई हजार ३० गरी कुल दुई हजार पाँच सय ९९ लाभग्राही रहेका छन् । भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई तीन सय ४० वर्गमिटिर जग्गा पाउनेछन् त्यस्तै कृषि प्रयोजनका लागि तीन हजार वर्ग मिटर,अव्यवस्थित बसोवासीहरुका लागि एक हजार वर्ग मिटर, कृषि प्रयोजनका लागि दश हजार वर्ग मिटर र भूमिहिन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीमा दोहोरो लिन पाउने छैनन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया