गुल्मीमा होलीमा इच्छा विपरीत रंग दलेमा कारवाही हुने



अनिल खत्री


गुल्मी । फागु अर्थात होली पर्व सभ्य रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मी सबैमा आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरित रंग दल्ने लोला हान्ने बाटोमा लुकेर बटुवालाई इच्छा विपरीत रंग नदल्लन आग्रह गरेको छ ।

त्यस्तै बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने लगायत उश्रृङ्गखल अवाञ्छित कार्यहरू प्रचलित कानून विपरित हुने हुँदा उक्त गतिविधिहरु नगर्नु नगराउनुहुन प्रशासनले जारी सूचनामा उल्लेख छ । यदि कहि कतै कानून विपरितका कार्यहरु भए गरेको पाइएमा प्रचलित नियमअनुसार कार्वाही गुल्मी प्रशासनले जनाएको छ ।

Jeewan and Rajan Tailors

होलीलाई सभ्य तरिकाले मनाउनका लागि र कुनै पनि अप्रिय घटना घटना नदिन प्रशासनले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । चैत ११ गते आइतबार पहाडी जिल्लामा र चैत १२ गते तराईका जिल्लामा होली पर्व मनाइदै छ ।
रंगहरुको पर्वको रुपमा मनाइने होली विशेष महत्त्वपूर्ण पर्व हो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया