गुल्मीरुरुमा भेटियो ५ सय किलो तौल भएको शालिग्राम



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रुरु स्थित रिडीमा करिब ५ सय किलो लौल भएको शालिग्राम फेला परेको छ । रिडी स्थित कालिगण्डकी नदि किनारमा फोला परेको शालिग्रामलाई स्थानीयले हनुमान वाटिकामा पुजा तथा अवलोकनका लागि राखेको स्थानीय सुन्दर कशजुले बताए ।
कालिगण्डकी नदिमा फेला परेको शालिग्रामलाई जेसिबी मार्फत नजिकै रहेको हनुमान वाटिकामा लगिएको कशजुले बताए । हिन्दु धर्म मान्नेहरुका लागि शालिग्रामको महत्व धेरै मान्ने गर्दछन् ।

कालिगण्डकी नदि किनारमा साना शालिग्राम पाइएपनि ठूला खालका कमै भेटिन्छन् । विश्वकै ठुलो शालिग्राम शिला तिन जिल्लाको संगम स्थल पर्वत, स्याङजा र गूल्मीको सिमानामा सेतीवेणी मारहेको छ । दामोदर कुण्डबाट उत्पती भएकी गण्डकी र मुक्तिनाथबाट निस्किएकी कालीको संगम कागबेनीदेखि तल्लो तटीय क्षेत्रमा पाइने शालिग्राम हिन्दु धर्मावलम्बीले पुज्ने गर्दछन् । कालिगण्डकी नदि किनारमा पाइने औसतका ढुंगा भन्दा गरौं भित्री भागमा सुन लगायत धातु रहेको भन्ने मान्यता रहि आएको छ । विश्मै कालीगण्डकी नदिमा मात्रै शालिग्राम पाइने दाबी रहेको छ ।

Jeewan and Rajan Tailors

शालिग्राम विभिन्न प्रकारका पाइएपनि कालो रंगकोलाई पुज्ने चलन रहेको छ । गुल्मी पाल्पा र स्याङजा जिल्लाको संगम स्थल रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर १ रिडीमा शालिग्राम र हनुमान वाटिकामा पुनःर्निर्माण पछि पर्यटकको घुइँचो लाग्न थालेको हो । केहि महिना अघिसम्म सुनसान र जंगलको बिचमा रहेको हनुमान शिलालाई पुनर्निर्माण पछि दिनहु तिर्थयात्री र पर्यटकहरु पुग्न थालेका हुन् । रिडीको तिनमुखे पुलबाट स्याङ्जा तर्फको भीरमा रहेको हनुमानको शिला लाइ सामाजिक सञ्जाल फेसबुक मार्फत् आर्थिक संकलन गरेर पुनर्निर्माण गरिएको हो ।

The Star Family Restaurant

स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु बाट करिब ९ लाख रुपैया संकलन गरि हनुमान शिलालाई पुनर्निर्माण गरिएको छ । हनुमान थानको रुपमा मात्र सिमित रहेको यो स्थानलाई अहिले हनुमान वाटिकाको रुपमा विकास गरिएको छ ।  अहिले यो वाटिकामा हनुमान शीलालाई पूर्ण आकृति दिएर विराट स्वरुपमा स्थापित गरिएको स्थानीय सुन्दर कशजुले बताए । संकलीत रकमबाट हनुमान थानको वरिपरि रेलिङ, फलामको कुर्सिहरु, राखिएको छ ।

भक्तजनहरु मार्फत संकलन गरिएको सयांै घण्टीहरु झुण्डाएर यो वाटिकालाई  सजाइएको छ । रंगरोगन साथै विद्युतिकरण गरि रातिको समयमा पनि रिडी क्षेत्रको जुनसुकै स्थान बाट पनि देख्न सकिने बनाइएको छ ।

यसको धार्मिक महत्व र आस्थालाई थप जागृत गर्न राम र सिताको ६ फिट अग्लो मुर्ति बनाउने तयारी रहेको कशजुले बताए । रिडीमा अहिले देशका बिभिन्न स्थानहरुबाट दैनिक सयौंको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।

अहिले तिनमुखे पुलपछि अर्को रोजाइँकोे गन्तब्य हनुमान वाटिका बनेको छ । यसले रिडी आउने पर्यटकहरुको बसाइँ लम्बाउन निकै भुमिका खेलेको स्थानीय प्रेम भण्डारीले बताए ।
हनुमान थान रिडी क्षेत्रकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्न सफल भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया