गुल्मीको रिडीमा रहेको हनुमान वाटिकामा पर्यटकको घुइँचो  



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको रिडीमा रहेको हनुमान वाटिकामापर्यटकको घुइँचो लाग्ने् गरेको छ । गुल्मी पाल्पा र स्याङजा जिल्लाको संगम स्थल रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर १ रिडीमा रहेको हनुमान वाटिकामा पुनर्निर्माण पछि पर्यटकको घुइँचो लाग्न थालेको हो ।

केहि महिना अघिसम्म सुनसान र जंगलको बिचमा रहेको हनुमान शिलालाई पुनर्निर्माण पछि दिनहु तिर्थयात्री र पर्यटकहरु पुग्न थालेका हुन् । रिडीको तिनमुखे पुलबाट स्याङ्जा तर्फको भीरमा रहेको हनुमानको शिला लाइ सामाजिक सञ्जाल फेसबुक  मार्फत् आर्थिक संकलन गरेर पुनर्निर्माण गरिएको हो ।

Jeewan and Rajan Tailors

स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु बाट करिब ९ लाख रुपैया संकलन गरि हनुमान शिलालाई पुनर्निर्माण गरिएको छ । हनुमान थानको रुपमा मात्र सिमित रहेको यो स्थानलाई अहिले हनुमान वाटिकाको रुपमा विकास गरिएको छ । अहिले यो वाटिकामा हनुमान शीलालाई पूर्ण आकृति दिएर विराट स्वरुपमा स्थापित गरिएको स्थानीय सुन्दर कशजुले बताउनुभयो । संकलीत रकमबाट हनुमान थानको वरिपरि रेलिङ्, फलामको कुर्सिहरु, राखिएको छ ।

The Star Family Restaurant

भक्तजनहरु मार्फत संकलन गरिएको सयांै घण्टीहरु झुण्डाएर यो वाटिकालाई  सजाइएको छ । रंगरोगन साथै विद्युतिकरण गरि रातिको समयमा पनि रिडी क्षेत्रको जुनसुकै स्थान बाट पनि देख्न सकिने बनाइएको छ । यसको धार्मिक महत्व र आस्थालाई थप जागृत गर्न राम र सिताको ६ फिट अग्लो मुर्ति बनाउने तयारी रहेको कशजुले बताउनुभयो । रिडीमा अहिले देशका बिभिन्न स्थानहरुबाट दैनिक सयौंको संख्यामा पर्यटकहरु आउने गरेका छन् । अहिले तिनमुखे पुलपछि अर्को रोजाइँकोे गन्तब्य हनुमान वाटिका बनेको छ । यसले रिडी आउने पर्यटकहरुको बसाइँ लम्बाउन निकै भुमिका खेलेको स्थानीय प्रेम भण्डारीले बताउनुभयो । हनुमान थान रिडी क्षेत्रकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्न सफल भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया