गुल्मीको रिडी-तम्घास सडक १२ घण्टा बन्द हुने



अनिल खत्री


गुल्मी । आजदेखि रिडी–तम्घास सडक १२ घण्टा बन्द हुँने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि वलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा सडक स्तरउन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ ।

त्यस अन्तर्गत सडकको केहि ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न भन्दै चैत ७ गतेदेखि चैत ३० गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले बताइन् । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २३ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ ।

Jeewan and Rajan Tailors

२०७९ साल फागुन २८ गते सम्झौत भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । १ अरब ५० करोड४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता भएको सूचना अधिकारी शर्माले बताइन् । सडकको चैतको पहिलो सातासम्म २५ प्रतिशत भौतिक प्रगती र ११ दशमलव ५३ वित्तिय प्रगति भएको छ । सडक बन्द भएसँगै बैकल्पीक सडक प्रयोग गरेर यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ ।
मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडीबाट सडकको स्तर उन्नती गर्ने कार्य हुँदै आएको छ । सडकको ७ दशकलव ७५ चौडाई कालोपत्रे गरिने भएको छ ।

The Star Family Restaurant

अहिले भएको सडक निकै सानो र कालोपत्रे पनि भत्कीदै गएको थियो। तम्घास रिडी सडक गुल्मी जिल्ला सदरमुकाम आउने मुख्य सडक हो । यहीँ सडक भएर गुल्मी जिल्लाबाट अनेत्र जिल्लामा जाने सवारीसाधन छुट्ने गर्दछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया