गुल्मीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो



अनिल खत्री


गुल्मी । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँएको छ । हरेक वर्ष मार्च १५ मा उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार भन्ने नाराका साथ घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
   
दिवसको अवसरमा आयोजित कार्यक्रममा नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले उपोभक्ता पनि सचेत हुन जरुरी रहेको बताए । उपभोक्त सचेत रहेका विभिन्न खाले हुने ठगि कम आउने बताए । सरकारी निकायले भने बजारमा प्रभावकारी अनुगमन भैइरहेको बताउने गरेको छ । तर गुणस्तर हिन बस्तु तथा सेवा, अत्याधिक मुल्य वृद्धि हुनुका साथै उपभोक्ता मारमा परेको भएपनि त्यसको सुनुवाई भने हुन नसकेको छैन ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उपभोक्ता ठगिएको पाइए सुचित गर्न आग्रह गरे । उनले कुनै पनि ठाउँमा उपभोक्ता ठगिएको भन्ने पाइए कारवाही गर्ने शर्माले बताए कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले सबै उपभोक्ता सचेत हुनुपर्नेमा जोड दिए । समाजका सबै सचेत नागरिक सचेत भएर अगाडी बढने कुनैपनि समस्या नआउने खत्रीले बताए ।

Jeewan and Rajan Tailors

दिवसको अवसरमा रेसुङ्गा बहुमुखी कयाम्पसमा उद्धम शिलता तालिमा सहभागीहरु लाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । एक सातासम्म प्रदान गरिएको तालिका सहभागी विद्यार्थीलाई जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले प्रदान गरेका थिए । विश्व उपभोक्ता दिवस मनाइरहँदा नेपालमा भने उपभोक्ता सधैं ठगीमा पर्ने गरेको पाइएको छ । उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता भने सधैं मारमा पर्ने गरेका छन् ।
   
सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधी, विभिन्न कार्यालय संघ संस्थाका प्रमुखहरुको सहभागितामा कार्यक्रम गरिएको थियो । उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता घरेतु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीको अध्यक्षता र त्रिबिक्रम ज्ञवालीको सहजीकरणमा सम्पन्न भएको थियो ।  

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया