आदिवासी जनजाति महासंघ लुम्बिनीको अधिवेशन गुल्मीमा, अध्यक्षमा सिंजापती



अनिल खत्री


गुल्मी । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अम्मरसिंह सिंजापती चयन भएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा शनिबार र आइताबार दुई दिनसम्म चलेको दोस्रो प्रदेश अधिवेशनले सिंजापतीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा  उमाशंकर चौधरी र बिना रानामगर सचिव प्रेम पुन मगर कोषाध्यक्ष देवराज श्रेष्ठ, उपसचिव लालबहादुर थापा, धनबहादुर बुढामगर रहेका छन् । प्रत्येक जिल्लाबाट ३/३ जनाका दरले र बाँकी १२ जना खुल्ला सदस्य गरी नयाँ कार्यसमिति चयन गरेको निर्वतमान अध्यक्ष बालसिंह काउछाले बताए । अधिवेशनको शनिबार पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले उद्घाटन गरेका थिए ।

Jeewan and Rajan Tailors

अधिवेशनमा लुम्बिनी प्रदेशका ११ जिल्लाका १ सय ६० प्रतिनिधि सहभागी भएका थिए । अधिवेशनको उदघाटन शत्रमा  सहभागि हुन नेता थापा सहित नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्यहरु गोकुल घर्तिमगर, सूर्य थापा, केन्द्रिय सदस्य दिनेश पन्थी, गणेश खनाल लगायतका नेता गुल्मी आएका थिए ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया