गुल्मी । महाशिवरात्रीको अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले मन्दिर सरसफाइ गरेको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ९ चारीखोलामा रहेको शिवालय मन्दिर सरसफाइ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएका प्रहरी अधिकृत तथा जवानहरु मन्दिर परिसरमा रहेका फोहोर सरसफाइ गरेका थिए । हिन्दु धर्म मान्नेहरुले यहीँ फागुन २५ गते महाशिवरात्री पर्व मनाउँदै छन् । शिवरात्रीको दिन मन्दिरमा पूजाअर्चना गर्न आउने भत्तजनको सहजताको लागि मन्दिर परिसरमा सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो । चारीखोलामा रहेको मन्दिरमा शिवरात्रीका दिन पूजापाठ गर्न तम्घास बजारबाट भत्तजनको उल्लेख सहभागीता रहन्छ ।
शिवालय मन्दिरमा घाँस तथा झाँडिको कारणले फोहोर बनेको थियो । सरसफाइ पछि मन्दिर चिटिक्क पारिएको छ । महाशिवरात्रीका दिन भगवान् शिवको पूजा गर्नुका साथै महिलाहरु व्रत समेेत गर्दछन् ।