गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४२ औं मगर दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजनामा बिभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो ।
मगर ईतिहास भाष सस्कृति संरक्षण सम्व३र्दनमा मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल मन्त्र सहित मगर एकता दिवस मनाइएको हो ।
दिवसको अवसर पारेर जिल्ला सदरमुकाम तम्घास जम्मा भएका मगरहरुले बिभिन्न सांस्कृति प्रस्तुति सहित तम्घास बजारमा ¥याली रमेत गरेका थिए । ¥याली पछि आयोजित मञ्चको कार्यक्रममा मगर संस्कृतिका खानाका विभिन्न परिकार, मगर संस्कृति झल्कीने भेषभुषा सहित, मगर जातिका नृत्य लगायतका संस्कृति प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागीहरुले मगर समुदायले मगर जातीको कला संस्कृतिको संरक्षणमा ध्यानुपर्नेमा जोड दिएका थिए ।
दिवसको अवसरमा रेसुङ्गा नगरपालिका वडानम्बर ८ का वडाअध्यक्ष निरञ्जन काउछाले मगर एकता दिवसमा नगरपालिकाले बिदा नदिएको प्रति आक्रोश ब्यक्त गर्नुभयो । उहाँले नगर कार्यापालिकाबाट अवरोधका कारणले बिदा नदिएर समग्र मगरहरुप्रति उपेक्षा गरेको बताउनुभयो ।
दिवसको अवसरम रेसुङ्गा नगरपालिका वडानम्बर १२ बाट मगर समुदायको कालिका नाँच, धुर्कोट गाउँपालिका वडानम्बर १ का महिलाहरुद्धारा पञ्चे बाजासँगै स्थानीय कलासंस्कृतिका गीत नृत्यहरु प्रस्तुत गरिएको थियो । जिल्ला सदरमुकाम तम्घासमा केहि वर्ष यता मगर एकता दिवसको अवसरमा विभिन्न खाले कार्यक्रमहरु हुँदै आएका छन् ।
मगरहरु एक जुट हुनुका साथै मगर संस्कृति बारे जानकारी दिने उदेश्यले दिवस मनाउने गरेको स्थानीय मञ्जु दर्लामीले बताउनुभयो उहाँले मगरी संस्कृतिसँगै खानपान लगायतका संस्कृति अहिलेका पिडीलाई प्रर्दशनसँगै संरक्षण गर्नु आबश्यक रहेको बताउनुभयो । मगरहरु पछिल्लो समय प्रविधिको विकासक्रमसँगै पढने लेख्ने कुरामा अग्रसर हुनुपर्ने स्थानीय रनमाया पुनले बताउनभयो । पछिल्लो समय मगरसमुदाय शिक्षा क्षेत्रमा फड्को मादै गएपनि त्यो प्रर्याप्त नरहेकाले शैक्षिक ज्ञान लिने कुरामा अहिलेका मगर समुदायले ध्यान दिनुपर्ने पुनको भनाइ छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रमा मगर समुदायका जिल्ला र केन्द्रिय स्तरका नेताहरुसँगै अन्य क्षेत्रका नेतृत्वहरुको पनि सहभागिता रहेको थियो । दिवसको अबसर पारेर जिल्लाका ४ वटा स्थानीय तहमा सार्वजनिक बिदा समेत दिएका छन् । जिल्लाको कालिगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरवार गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती पालिकाहरुमा मगर समुदायकचो बहुल्यता रहेकालो कला, संस्कृतिको संरक्षणका निम्ति बिदा दिइएको गाउँपालिकाले जनाएका छन् ।