मगर दिवस : गुल्मीका चार पालिकामा सार्वजनिक बिदा



अनिल खत्री


गुल्मी । गुल्मीका चार पालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका कालिगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएका हुन् ।

४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् । कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापा, चन्द्रकाेट गाउँपालिका अध्यक्ष युवराज केसी, गुल्मीदरबार गाउँपालिका अध्यक्ष सराेज थापा र सत्यवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले हस्ताक्षर गरेर सूचना निकाल्दै बिदाको जानकारी गराएका हुन् ।

Jeewan and Rajan Tailors

सार्वजनिक बिदा दिएका स्थानीय तहमा मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् । बिदा दिएका यी पालिकामा मगर जातीहरुकाे बाहुल्यता समेत रहेको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया