रेसुङ्गा नगरपालिकामा महिलाको लागि क्षमता विकास तालिम सुरु



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर २ मा महिलाहरूका लागि नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजना र महिला उद्घोषण तालिम उप- समितिको समन्वयमा तालिम सुरु भएको हो ।

४ दिनसम्म चल्ने तालिमको वडानम्बर २ का वडाअध्यक्ष हिराबहादुर थापाले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै वडाअध्यक्ष थापाले महिलाहरूलाई नेतृत्व तहमा पुर्‍याउने उदेश्यले आयोजना गरिएको बताए ।

उनले तालिमले महिलाहरूको क्षमता विकासमा ठूलो प्रभाव पार्ने बताए । यश वडाका महिलाहरूको माग बमोजिम तालिम राखिएको वडाअध्यक्ष थापाले बताए ।

तालिममा सहभागी सरिता सुनारले आफुहरु अगाडि गएर बोल्दा लाग्ने डर भगाउने हिसाबले तालिम लिन आएको बताइन् । उनले यश तालिमबाट आफुहरुमा नेतृत्व विकास हुने बताइन् ।

( Jeevan rajan

महिला उद्घोषण तालिम उप- समितिकोअध्यक्ष पुष्पा पन्थीले तालिममा अनुशासित भएर सिक्न आग्रह गरिन । तालिममा  बरिस्ठ पत्रकार जनार्दन घिमिरेले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् ।

वडा सचिव  ज्योति पोखरेल थापाको सहजिकरणमा सुरु भएको कार्यक्रममा वडा सदस्य भगवती कुँवरको स्वागत रहेको थियो  । तालिममा ३५ जना महिलाहरूले सहभागिता जनाएका छन् । तालिम फागुन ११ गते सम्म चल्नेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया