गुल्मीमा प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन



Live Gulmi


गुल्मी । गुल्मीमा ७४ औं प्रजातन्त्र दिवस दीप प्रज्वलन गरी मनाइएको छ ।सदरमुकाम तम्घासस्थित सहिद चाेकमा वीर सहिद शमशेरबहादुर खत्रीको शालीकमा माल्यपणका साथै दीप प्रज्वलन गरी प्रजातन्त्र दिवस मनाइएको हो ।

नेपाली काँग्रेसकाे आयोजनामा राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाकाे सुखद अवसरकाे ७४ औं प्रजातन्त्र दिवस मनाइएको नेपाली काँग्रेस गुल्मीका सहसचिव धर्मराज पाण्डेले जानकारी दिए ।

Jeewan and Rajan Tailors

नेपाली काँग्रेस गुल्मीका अर्का सहसचिव छवि पाण्डेले प्रजातन्त्र बहाली भएपछि देशमा अहिले विभिन्न चरण हुँदै अहिले संघीय शासन प्रणाली लागु भएको बताए । उनले दीप प्रज्वलन कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै व्यवस्था ठिक भएकोले अब जनताको अवस्था परिवर्तन गर्नुपर्नेमा उनले जाेड दिए ।

The Star Family Restaurant

दीप प्रज्वलन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सराेकवाला र नेपाली काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुककाे सहभागिता रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया