गुल्मीका पाण्डे मुस्ताङ प्रहरी प्रमुखमा उत्कृष्ट प्रहरीबाट पुरस्कृत



Live Gulmi


गुल्मी । उत्कृष्ट कार्यसम्पादन गरेवापत मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयसहित ३ जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई पुरस्कृत गर्ने क्रममा प्रहरी नायब उपरीक्षक पाण्डेयसहित ३ जना प्रहरीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

सुरक्षा निकाय अन्तर्गत गण्डकी प्रदेशले छैटौं वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा आयोजित मुल समारोह कार्यक्रममा मुस्ताङका प्रनाउ पाण्डेयसहित पोखरा स्थित प्रहरी तालिम केन्द्रका समादेशक प्रबउ अरुण पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । प्रदेश स्थापना दिवस २०८० मा पुरस्कृत व्यक्तित्वहरुलाई जेठ १५ गते गणतन्त्र दिवसको दिन प्रदान गरिने भएको छ । हिमाली जिल्ला मुस्ताङमा विगत ५ महिनादेखि पुरस्कृत व्यक्तित्व पाण्डे कार्यरत रहँदै आईरहेका छन् ।

Jeewan and Rajan Tailors

धार्मिक तथा पर्यटकीय जिल्लामा प्रहरी प्रमुखको भूमिकामा रही पर्यटक तथा स्थानीय नागरिकको शान्ति सुरक्षामा अहोरात्र खटिदै उत्कृष्ट योगदान गरे वापत प्रनाउ पाण्डेयलाई गण्डकी प्रदेश सरकारले उच्चसम्मान गरेको हो ।

The Star Family Restaurant

प्रनाउ पाण्डेयले मुस्ताडमा विभिन्न सामाजिक अपराध, लैङ्गिक हिंसा, लागु औषध र साईबर अपराध सम्वन्धि दर्जनौ सचेतना मुलक कार्यक्रम गर्दैआईरहेका छन् । उनले सीमानाकामा हुँने चोरी सिकारी,अपराध नियन्त्रण र अवैध क्रियाकलाप नियन्त्रणमा उत्कृष्ट कार्य गदैआईरहेका छन् ।
डिएसपी पाण्डे गुल्मी तम्घासका स्थायीबासिन्दा हुनुहुन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया